ताजा समाचार

बाबुराम भट्टराईले भोट हालेसँगै मतदान केन्द्रको अवलोकनमा निस्किए

गोरखा, १० मंसिर । निकै चासोका हेरिएका गोरखाका दुई ‘हेभि वेट’ उम्मेदवारहरुले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ बाट चुनाव लडेका माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ र नयाँशक्तिका डा. बाबुराम भट्टरार्इ दुबैले मतदान गरेका हुन् । श्रेष्ठले जौबारीको परोपकार आदर्श बहुमुखी क्याम्पसबाट र डा. भट्टराइले पालुङटार नगरपालिकाको अन्नपूर्ण मावि, खोप्लाङबाट मतदान गरेका छन् ।

श्रेष्ठले सबैभन्दा पहिलो मतदान गरेका थिए । मतदान गरेसँगै दुवै नेता मतदान केन्द्रको अवलोकनमा निस्किएका छन् । विरामी रहेका कारण श्रेष्ठले नजिकैका मतदान केन्द्रको मात्रै अवलोकन गर्नेछन् । भने भट्टराईले दिनभर मतदान केन्द्रको अवलोकनमा निस्किने छन् ।

२१३ मतदान स्थल र २८२ मतदान केन्द्र रहेको गोरखामा बिहान सात बजेबाट मतदान शुरु भएको छ । हरेक मतदान केन्द्रमा महिला पुरुषका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गरिएको छ । असहाय, बृद्ध र अपांगता भएकाहरुलाई लाइन बस्न नपर्ने गरी मतदान गर्ने व्यवस्था मिलाइएको छ ।

http://news-nepal.com/679815/

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org