ताजा समाचार

बेरोजगार हुनुन्छ ? रोजगारको ग्यारेन्टी गर्दै छ सरकारले, काम नभए १०० दिनको तलब दिने

काठमाडौं । सरकारले एक महत्वकांक्षी योजना अधि सारेको छ । आगामी वर्षको बजेटमार्फत बोरोजगार नागरिकलाई रोजगारको ग्यारेन्टी गर्ने जनाइएको छ ।

सरकारले नीति तथा कार्यक्रममा घोषणा गरिएको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’मार्फत विपन्न बेरोजगार नागरिकलाई कम्तिमा एक सय दिनको रोजगारको ग्यारेन्टी गर्ने तयारी गरेको हो ।

रोजगारी कार्यक्रम प्रदेश ६ र ७ का विपन्न वर्गका नागरिकबाट सुरु गर्ने गरि योजना बनिरहेको कुरा अर्थ मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए ।

उनकाअनुसार अहिले मौसमी कामका लागि भारत जानेहरुलाई लक्षित गर्दै यो कार्यक्रम सुरु हुनेछ ।

सरकारले बेरोजगार नागरिकलाई सय दिनका लागि आफैले काम खोजिदिने भएको हो भने सरकारले काम दिन नसके सय दिनको पारिश्रमिक बापत राज्यको ढुकुटीबाट तलब दिनेछ ।

नेपालमा कामदारको अभाव छ तर पनि नेपाली कामको खोजीमा विभिन्न मुकुक गइरहेका छन् । यस्तो अवस्थामा नेपालमै कामको ग्यारेन्टी गरेर नेपाली युवालाई विदेश पलाएन हुनबाट जोगाउन सकिने भन्दै यो योजना अघि सारिएको बताइएको छ ।

भारतमा पनि सरकारले यस्तो किसिमको रोजगार प्रत्याभुत गर्ने कार्यक्रम चलिरहेको छ ।

यसका लागि कृषि, उद्योग, वन, शिक्षा, स्वास्थ्य, ऊर्जा, भौतिक पूर्वाधार तथा यातायात, मन्त्रालयसहित पुनर्निर्माण प्राधिकरण लगायतका निकायलाई आफ्ना क्षेत्रमा आवश्यक जनशक्तिको विवरण राख्न लगाइनेछ ।

पहिलो वर्ष २५ जिल्लाबाट सुरु गर्ने तयारी छ । तर, बजेटका आकारलाई हेरेर केही जिल्लाहरु घट्न सक्ने अवस्था छ । यो वर्षबाट सुरु हुने कार्यक्रम विस्तारै सबै जिल्लामा पुर्‍याउने र रोजगार ग्यारेन्टी अवधि पनि बढाउँदै लैजाने योजना बनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org