च्याउको बीउ माग धेरै उत्पादन थोरै
कञ्चनपुर, १३ जेष्ठ । कन्ये च्याउको बीउको माग धेरै भए पनि उत्पादन थोरै हुँदा किसानले अन्यत्रबाट बीउ ल्याएर व्यावसायिक खेती गर्दै आएका छन् ।
पाँच वर्षयता थोरै समयमा धेरै आम्दानी दिने च्याउखेतीमा आकर्षण बढ्दै गए पनि सबै किसानले बीउ नपाउँदा अन्यत्र जिल्लाबाट च्याउको बीउ ल्याई व्यावसायिक खेतीलाई निरन्तरता दिँदै आएका छन् ।
बेदकोट नगरपालिकाको सुन्दरपुरमा रहेको क्षेत्रीय बाली संरक्षण प्रयोगशालाले प्रतिवर्ष दुई हजार बोतल कन्ये जातको च्याउको बीउ उत्पादन गर्ने लक्ष्य लिई बीउ उत्पादन गर्दै आएको छ । यस वर्षमात्रै दुई हजार ११६ बोतल च्याउको बीउ उत्पादन गरेको प्रयोगशालाले गत वर्ष चार हजार २४२ बोतल बीउ उत्पादन गरेको थियो ।
व्यावसायिक च्याउखेती गर्ने किसान बढ्दै जाँदा बीउको माग बढ्न थालेको हो । प्रयोगशालाका नायब प्राविधिक सहायक राममिलन चौधरीले भने, “थोरै बजेट र दक्ष जनशक्तिको अभावमा धेरै बीउ उत्पादन गर्न सकिँदैन ।”
उनका अनुसार बीउ उत्पादनका लागि वार्षिक रुपमा विनियोजन हुने रु एक लाख बजेटले पूरै प्रदेश नं ७ का किसानलाई सहज रुपमा बीउ उत्पादन गरी उपलब्ध गराउन सकिँदैन ।
“अनुकूल मौसम नहुँदासमेत वर्षभरि नै बीउ उत्पादन गर्न निकै कठिन हुने र प्राविधिक समस्या झेल्नु पर्छ”, उनले भने ।
बीउ उत्पादनका लागि आवश्यक पर्ने उपकरणसमेत पर्याप्त नहुँदा समस्या छ । प्रदेशको पहाडी क्षेत्रमा च्याउको माग बढ्दो छ । बाह्रै महिना वातावरण अनुकूल बनाइएका प्लाष्टिक घरमा च्याउ उत्पादन गर्न सकिन्छ । तराई क्षेत्रका धेरै किसानले व्यावसायिक रुपमा च्याउको खेती गर्नका लागि कैलालीको चुरे गाउँपालिका क्षेत्रमा जग्गा भाडामा लिई च्याउखेती गर्दै आएका छन् ।
व्यावसायिक च्याउखेती गर्दै आएका राजेन्द्रबहादुर ऐरले मागअनुरुप प्रयोगशालाबाट बीउ उपलब्ध नहुँदा चितवनलगायतका क्षेत्रबाट बीउ ल्याई खेती गर्नुपरेको उनले बताए ।
प्रयोगशालाले गहुँमा क्याल्सियम कार्वोनेट, क्याल्सियम सल्फेटको मिश्रण गरी प्लाष्टिक थैलामा प्याक गरेर डेढ घण्टासम्म शुद्धीकरण गर्ने र भोलिपल्ट कल्चर गरी ढुसी लागेपछिको १० दिनपछि वितरण गर्न तयार हुन्छ । तयार गरेको बीउ २० दिनसम्म भण्डार गर्न सकिन्छ । प्रयोगशालाले किसानलाई कन्ये जातको च्याउको बीउ रु २५ प्रति बोतलका दरले बिक्री गर्दै आएको छ ।
कृषि विकास कार्यालयका अनुसार ३०० भन्दा बढी किसानले च्याउखेती गर्दै आएकामा १०० भन्दा बढी किसानले व्यावसायिक रुप दिएका छन् । च्याउबाट भिटामिन ‘ए’, रक्त चाप नियन्त्रण गर्ने तत्व र क्याल्सिएम प्रचुर मात्रामा पाइने भएकाले स्वास्थ्यका लागिसमेत लाभदायक हुनाका साथै मिठो हुने भएकाले सहजै बिक्री हुने गरेको छ ।
कञ्चनपुरमा च्याउखेती एक दशकअघिदेखि गरिँदै आए पनि यसको व्यावसायिक खेती भने पाँच वर्षयतादेखि हुँदै आएको हो ।
Comments
अरु समाचार
-
काठमाडौँमा आजदेखि ‘ट्राफिक सचेतना विशेष अभियान’ सुरु
काठमाडौं । सभ्य सडक संस्कारका माध्यमबाट सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आजदेखि ‘ट्राफिक सचेतना विशेष...
-
जात, समुदाय लक्षित सामग्री सामाजिक सञ्जालमा नराख्न प्रहरीको आग्रह
काठमाडौं । सम्प्रदायबीचको सम्बन्धमा असर पार्ने किसिमका सामग्रीहरू सामाजिक सञ्जालमा नराख्न नेपाल प्रहरीको साइबर व्यूरोले अनुरोध गरेको छ । शुक्रबार...
-
डोल्पामा डढेलो निभाउने क्रममा घाइते भएका तीन सैनिकको मृत्यु
काठमाडौं । डोल्पाको ठूलीभेरी नगरपालिका–४ मष्टा सामुदायिक वनमा आगो निभाउने क्रममा घाइते भएका चार जना सैनिकमध्ये तीन जनाको ज्यान गएको...
-
कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको...
-
सशस्त्र प्रहरीको गोदाममा भएको आगलागीको घटना छानबिन गर्न समिति गठन
काठमाडौं । सशस्त्र प्रहरीको बलम्बुस्थित केन्द्रीय गोदामघरमा सोमबार आगलागी भएको छ । सशस्त्र प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी अस्पतालको...
-
उपत्यकाबाट आठ महिनामा एक हजार ८४७ मोटरसाइकल चोरी
काठमडौं । चालु आर्थिक वर्षको हालसम्म काठमाडौँ उपत्यकाबाट एक हजार आठ सय ४७ वटा मोटरसाइकल चोरी भएको प्रहरीको तथ्याङ्कले देखाएको...
-
खोटाङका एघार ठाउँमा बृहत् स्वास्थ्य शिविर
काठमाडौं । बेलायतस्थित खोटाङ सेवा समाजले स्वास्थ्य सेवामा पहुँच नभएका जिल्लावासीलाई लक्ष्यित गरेर बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।...
-
दिल्ली जान लागेका दुई तिब्बतीमूलका सहित तीन यात्रुको साथबाट हजारौं डलर बरामद
काठमाडौं । काठमाडौंबाट नयाँ दिल्लीतर्फ जान लागेका तीन जना यात्रुको साथबाट प्रहरीले हजारौं अमेरिकी र क्यानडेली डलरका साथै भारतीय रुपैयाँ...
-
दिउँसोदेखि मध्य र पूर्वका धेरै ठाउँमा बदली र वर्षा हुने
काठमाडौं । आज दिउँसोदेखि काठमाण्डौ उपत्यकासहित कोशी, मधेश, बाग्मती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भएर पानी पर्ने सम्भावना रहेको...