ताजा समाचार

प्रदेश सातका मुख्यमन्त्री क्याबिनेटकै गरिब मन्त्री, अर्थमन्त्रीसँग काठमाडाैंदेखि धनगढीसम्म जग्गा

कैलाली १५, जेष्ठ । प्रदेश ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बुझाएको सम्पत्ति विबरण अनुसार आफ्नो क्याबिनेटका सबै मन्त्रीहरु भन्दा गरीब देखिएका छन् ।

मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको मन्त्रीहरुको सम्पत्ति विबरणअनुसार मुख्यमन्त्री भट्टको नाममा कहिकतै जग्गा उल्लेख गरिएको छैन् ।  मुख्यमन्त्रीको सम्पत्तिको नाममा ७० हजार बैंकमा, मोबाइल १ थान, १ तोला सुन र १५ तोला चाँदी मात्रै रहेको छ ।

एक लाख ४० हजार वित्तीय ऋण र २ लाख व्यक्तिगत ऋण रहेको मुख्यमन्त्रीले सार्वजनिक गरेको सम्पत्ति विवरणमा उल्लेख छ ।

केआईसिंह नगरपालिका- ६ मा रहेको घर र १८ रोपनी जग्गा मुख्यमन्त्रीका दाजु शालिग्राम भट्टको नाममा रहेको छ भने अढाइ रोपनी जग्गा श्रीमति दुर्कादेवी भट्टको नाममा रहेको छ ।

अर्थमन्त्री बोहराको काठमाडाैंदेखि धनगढीसम्म जग्गा

प्रदेश ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहरा भने प्रदेशका अरु मन्त्रीभन्दा धनी देखिएका छन् ।

बोहराको काठमाडौं, गोदावरी नगरपालिका, टिकापुर र धनगढीमा समेत पत्नी, छोरा र आफ्नो नाममा जग्गा जमिन छ ।

बोहरासँग ३ थान जीप तथा कार, ४० तोला सुन र सेयर कित्ता समेत रहेको छ ।

विभिन्न् वित्तिय संस्थाहरुमा मन्त्री बोहराको झण्डै २० करोडको हाराहारीमा ऋण रहेको उल्लेख गरिएको छ भने मन्त्री बोहराले विभिन्न कम्पनीको शेयर मात्रै साढे सात करोड रुपैयाँको हाराहारीमा खरिद गरेका छन्  ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org