ताजा समाचार

सुर्खेतबाट कर्णालीका लागि सिता एयरले उडान भर्ने

सुर्खेत १५, जेष्ठ । प्रदेश राजधानी सुर्खेतबाट कर्णालीका विकट जिल्लामा सीता एयरले हवाइ सेवा सुरु गर्ने भएको छ ।

सीता एअरले असार १५ देखि प्रदेश राजधानी सुर्खेतबाट जुम्ला, हुम्ला, मुगु र डोल्पामा हवाइ सेवा शुरु गर्ने प्रतिवद्धता गरेको हो ।

मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँगको छलफलपछि मंगलबार मुख्यमन्त्रीकै कार्यालयमा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका उपसचिव वेसिन्दराज सुवेदी र सीता एअर प्रालिका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले हवाइसेवा संचालन सम्बन्धी प्रतिवद्धता पत्रमा हस्ताक्षर गरेका छन् ।

प्रतिबद्धतापत्र हस्ताक्षर कार्यक्रममा मुख्यमन्त्री महेन्द्रवहादुर शाही, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिं बुढा र सीता एअरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर सिंह प्रमुख बजार व्यवस्थापक रिजेश थापा उपस्थिति रहेको थियो ।

प्रतिबद्धता पत्रमा कर्णाली प्रदेशमा पर्यटन र हवाइ यातायात सेवाको अभिबृद्धि गर्न प्रदेश राजधानीबाट जिल्ला सदरमुकामहरुमा रहेका विमानस्थलमा डोर्निएर २२८ को जहाजबाट उडान गर्ने उल्लेख गरिएको छ । सीता एअरले यसअघि नेपालगञ्जबाट हवाइ सेवा संचालन गरिरहेको थियो ।

अव भने कर्णालीका जनतालाई प्रदेश राजधानी सुर्खेत आउन नेपालगञ्ज आइरहन नपर्ने भएको छ । यसअघि भने सुर्खेतकालागि हवाइ सेवा उपलब्ध थिएन ।

प्रदेश राजधानी सुर्खेतबाट सिधै यात्रा गर्दा भाडादर पनि सस्तो पर्ने सीता एअरका वरिष्ठ महाप्रवन्धक घनश्याम आचार्यले बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org