लोडसेडिङमुक्त देशको अबस्था : बाजुराको दुर्गम क्षेत्रमा झरो नै उज्यालोको सहारा
बाजुरा १८, जेष्ठ । बाजुराका अधिकांश स्थानीय तहका स्थानीयवासी सल्लाको रुखबाट निकालिएको झरो बाल्न बाध्य भएका छन् ।
स्थानीय तहको निर्वाचन भएको एक वर्ष बित्न लाग्दा पनि जनप्रतिनिधिले कुनै काम नगरेको भन्दै स्थानीयवासी आक्रोशित बन्दै गएका छन् ।
जिल्लाको दुर्गम क्षेत्रमा रहेको हिमाली गाउँपालिकाका करीब ९१ प्रतिशत स्थानीयबासी अझै झरो बाल्नुपर्ने वाध्य भएका छन् । जिल्लाका नौवटै स्थानीय तहमध्ये हिमाली गाउँपालिकामा ठूलो संख्यामा नागरिकले हालसम्म पनि विद्युत् सेवा नपाएपछि झरो बाल्न बाध्य भएको बताइएको छ ।
हिमाली गाउँपालिका–६, पाडीका १४५ घरपरिवारबाहेक अरु सबैको उज्यालोको स्रोत नै सल्लाको रुखबाट निकालिएको झरो, टुकी रहेको स्थानीयले गुनासो गरेका छन् । छोराछोरीलाई विद्यालयबाट दिएका गृहकार्य र अध्ययन गर्नका लागिसमेत झरोको टुकी बनाउँदै पढाउनु पर्ने बाध्यता रहेको बताइएको छ ।
विद्यालयमा जाने अधिकांश बालबालिका रातिको समयमा झरो बाल्दै किताब पढ्ने गरेका छन् । बिहानको समयमा घरको काम गर्न जाने हुँदा राति नै झरोको टुकी बनाएर गृहकार्य गर्ने गरेका छन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले आफ्नो कार्यकालमा हिमाली गाउँपालिकामा स्थानीयवासीलाई विद्युत् निर्माण गरी झरोको समस्या हटाउने बताए ।
उनले गाउँपालिकाका दुर्गममा भएको र बस्तीसमेत आवतजावत गर्न कठिनाइका कारण गाउँपालिकामा कम गुनासा आए पनि विद्युत् निर्माणका लागि पहल भइरहेको अध्यक्ष मल्लले बताए ।
हिमाली गाउँपालिकाका एक हजार ६९७ परिवारमध्ये १४५ परिवारले मात्र बत्ती बाल्ने गरेका छन् । यसैगरी, बूढीगंगा नगरपालिका वडा नं २ र ३ का करीब ५०० परिवार अध्याँरोमा बस्दै आएका छन् । लामो समयदेखि उक्त परिवारले वनबाट सल्लाको रुखको झरो बनाउँदै दैनिकी गुजार्दै आएको बूढीगंगा नगरपालिका–२ का खडकराज जोशीले बताए । विद्युत् बाल्ने सपना अहिलेसम्म पूरा नभएको जोशीको भनाइ रहेको छ ।
गरीब परिवारको झरो नै उज्यालोको सहारा बन्दै गएको छ । प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्रीको गाउँका स्थानीय समेत झरोको भरमा रहेको स्थानीय जीतबहादुर बूढ्थापाले बताए ।
बूढीगंगा नगरपालिकाका साविकको बाह्रबिस र कुल्देवमाण्डौं गाविसमा विद्युत् भएपनि ब्रह्मतोला गाविसका स्थानीय भने झरो बाल्दै आइरहेका छन् ।
जिल्लाका नौमध्ये सातवटा स्थानीय तहका करीब ९० प्रतिशत घरधुरी विद्युत्को पहँुचमा रहेको र जिल्लामा हाल करीब एक हजार ५०० किलोवाट विद्युत् उत्पादन भइरहेको बताइएको छ ।
Comments
अरु समाचार
-
कोशी, बागमती र गण्डकी प्रदेशको केही पहाडी भूभागमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
प्राज्ञ तथा वरिष्ठ साहित्यकार दधिराज सुवेदीको निधन
विराटनगर । साहित्यकार प्राज्ञ दधिराज सुवेदीको ७८ वर्षको उमेरमा निधन भएको छ । पछिल्लो केही समययता क्यान्सर रोगबाट पीडित सुवेदीको...
-
देशभर आंशिकदेखि साधारणतया बदली,एक/दुई स्थानमा हल्का वर्षा
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको जनाएको...
-
भट्टराई कुलवंश प्रतिष्ठान कोशीको अधिवेशन औपचारिक रुपमा सम्पन्न
उर्लाबारी । भट्टराई कुलवंश प्रतिष्ठान कोशी प्रदेश समितिको अधिवेशन औपचारिक रुपमा सम्पन्न भएको छ । नवनिर्वाचित पदाधिकारीहरुलाइ्र्र प्रमाणपत्र वितरण गरेपछि...
-
प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपाल विश्वमै उदाहरणीयः मन्त्री बस्नेत
काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले प्राकृतिक सम्पदाको संरक्षण र व्यवस्थापनमा नेपालले उल्लेखनीय प्रगति गरेको दाबी गर्नु भएको...
-
मौसम: पहाडी भागमा मेघगर्जनसहित हल्का वर्षा हुने
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व...
-
आगामी आर्थिक वर्ष २०८१/८२ को अन्त्यसम्म किमाथांकामा सडक पुग्छ: उपप्रधानमन्त्री महासेठ
संखुवासभा । उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधारमन्त्री रघुविर महासेठले आगामी आर्थिक वर्ष २०८१र८२ को अन्त्यसम्ममा किमाथाङ्कामा सडक पुग्ने बताएका छन् ।...
-
आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदै
काठमाडौँ । आज तराईका जिल्लाहरूमा फागु अर्थात होली पर्व मनाइँदैछ । तराईमा होलीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ । रङ्गहरूको...
-
शाइन रेसुंगा बैंकलाई फेरि ‘बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक अवार्ड’
बुटवल । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले बेष्ट म्यानेज्ड डेभलपमेन्ट बैंक २०२४ अवार्ड जितेको छ । न्यू बिजनेश एज प्रालिले काठमाडौंमा...