ताजा समाचार

लामो रस्साकस्सीपछि कांग्रेसमा पदाधिकारी विवाद मिल्यो,सहमहामन्त्रीको संख्या ७ पु¥याउने सहमति

काठमाडौं । लामो रस्साकस्सीपछि शीर्ष नेताहरूले सहमहामन्त्रीको संख्या ७ पुर्‍याउने सहमति गरेका छन् । अब पदाधिकारी संख्या १३ पुग्ने भएको छ ।

उपसभाति, महामन्त्री २/२ जना हुनेछन् भने समहामन्त्री ७ जना रहनेछन् । १३ पदाधिकारी मध्ये कोषध्यक्षबाट सबै निर्वाचित हुनेछन् ।

सहमतिअनुसार अब विधान संशोधन मस्यौदा समितिले केन्द्रीय कार्यसमितिमा प्रस्ताव लैजानेछ । त्यसपछि महासमितिमा विधान संशोधन प्रस्ताव पेश हुनेछ ।

यसअघि उपसभाति, महामन्त्री र समहमहान्त्री २र२ बनाउने सहमति भएको थियो तर, समावेशी नभएको भन्दै केन्द्रीय सदस्यहरुले विरोध गरेपछि पार्टी सभाति शेरबहादुर देउवा पछि हटेका थिए ।

बिहीबार उनले उपसभापति र महामन्त्री एक–एक मनोनित गर्ने प्रस्ताव ल्याए । वरिष्ठ नेता रामचन्द्र पौडेल र कृष्ण सिटौलाले अस्वीकार गरेपछि शुक्रबार नयाा सहमति जुटेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org