अर्काे पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन् : ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई अहिले के भएको थाहा छैन । अहिले उनी वर्वराउन थालेका छन् । दिनहुँ नयाँ–नयाँ उत्तेजक सपना देख्छन् । उनको बोलीको ठगान हुन्न । के बोल्छने के ! चाहिले पनि बोल्छन् । नचाहिने पनि बोल्छन् । यसो भनौं, जे मन लाग्छ त्यही बोल्छन् । बोलेका सबै पूरा गराउनु त उनका लागि फलामको च्युरा चपाउनु सरह हो । प्रधानमन्त्री ओली नेतृत्त्वले जनताले अनुभूति गर्ने गरी काम नै गरेको छैन भन्ने जनगुनासा नआएका होइनन् । धेरै आएका छन् । हिंसात्मक कार्यमा संलग्नलाई पक्राउ गरेर कारबाही गर्नुको सट्टा संरक्षण गरेर राखेको आरोप पनि लागेको छ । सरकार अलोकप्रिय बनेको छ । आलोचना व्यापक भइरहेको छ । दोहोरो सरकारी सुविधा लिने मन्त्रीहरू आलोचनाका पात्रहरू भएका छन् ।
सरकार बनेको यतिका समय भइसक्दा पनि जनपक्षीय काम नहुनु भनेको के हो ? सरकार सत्ताको ललीपप चाट्न मै व्यस्त छ । प्रधानमन्त्री ओलीले अब आउने चुनावमा आप्नो पार्टी नेकपाले फेरि दुई तिहाई मत ल्याउने दाबी गरे । उनले के देखेर, दाबी गरेर थाहा छैन । हु न त उनी पानीजहाजका, रेलका कुरा गर्ने मान्छे हुन । सपना देख्ने मान्छे हुन । प्रकारान्तरले यो पूरा पनि होला तर तत्कालिन अवस्थामा पानीजहाज र रेलका कुराभन्दा नि गरिब जनताका लागि बिहान–बेलुकाको गर्जो टार्नु हो ।
प्रधानमन्त्री ओलीले ‘‘अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिन्छन्’’ भन्ने कुरा नेपाल इन्जिनियरस एशोसिएसनको अधिवेशनबाट विजयी भएकाहरूलाई बालुवाटारमा बधाईं दिंदै यस्तो कुरा बताएका हुन् ।
इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोकिने
“देश निर्माणका हरेक क्षेत्रमा महत्वपूर्ण भूमिका भएका इन्जिनियरहरुको न्यूनतम पारिश्रमिक तोक्न सरकार सकारात्मक छ” प्रधानमन्त्री ओलीले भने,“कोही बेरोजगार छ भन्दैमा उसलाई न्यून वेतनमा काम लगाउन पाइदैन । यो अवस्थाको अन्त्य गर्छौं ।”
प्रधानमन्त्री ओलीले प्रगतिशिल इन्जिनियरस् एशोसिएसनले अध्यक्ष सहित बहुमत स्थानमा विजयी हासिल गरेकोमा बधाइ दिंदै यो विजयलाई देश निर्माणको डिजाइनमा उपयोग गर्नुपर्ने बताए ।
अर्को पटक दुई तिहाइ
प्रधानमन्त्री ओलीले सरकारले ठिक ढंगले काम गरिरहेको बताएका छन् । “हामी समयलाई गाल्ने पक्षमा छैनौ ” प्रधानमन्त्री ओलीले भने,“पाँचबर्षमा यसरी काम गर्छौं कि अर्को पटक दुई तिहाइ जनताले हामीलाई मत दिनेछन् ।”
यो पनि पढ्नुहोस्
http://news-nepal.com/archives/100861
Comments
अरु समाचार
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...












