स्थायी समितिको बैठकमै माधव नेपालले गरे क्रिश्चियनको कार्यक्रममा सहभागी भएको आलोचनाको खण्डन, ओलीको यस्तो प्रशंसा
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समितिको बैठकमा वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव नेपालले क्रिश्चियनको कार्यक्रममा सहभागी भएको आलोचनाको खण्डन गरेका छन् । पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा वैठकमा नेता नेपालले कार्यक्रममा सहभागीता जनाएको बारेमा स्पष्ट पारेका हुन् ।
नेकपाका स्थायी समिति सदस्यहरूले धर्म प्रचार गर्ने संस्थाको कार्यक्रममा प्रधानमन्त्रीको उपस्थिति र माधवकुमार नेपालको अध्यक्षतामाथि प्रश्न गरेका थिए।
उनले कार्यक्रमलाई लिएर गलत र नियोजित प्रचार गरिएको टिप्पणी गरे। ‘यो कार्यक्रम धर्म प्रचारका लागि होइन’, नेता नेपालले बैठकमा भने, ‘तर आममानिसलाई त्यसरी बुझाउने काम भयो। धार्मिक उद्देश्य भएको भए हामी जाँदैनौं।’ ‘पार्टी र मुलुकको धर्म निरपेक्षताको अडानम प्रतिवद्ध छ। हाम्रो सबै धर्म र संस्कृतिप्रति सम्मान छ। हाम्रा ऐतिहासिक रितिरिवाजमा सम्मान छ’, नेता नेपालले स्पष्ट पार्दै भने, ‘धर्मको नाममा विद्वेष फैलाउन कतिपयले नियोजित प्रचार गरे।’
उनले आफ्नो नियतमा प्रश्न गरिएको प्रति असन्तुष्टिसमेत व्यक्त गरे। ‘यसका कतिपय कार्यक्रमको बढी आलोचना भयो’, नेता नेपालले समिटका दौरान होली वाइन वितरण गरिएको घटनालाई इङ्गित गर्दै भने, ‘त्यसप्रति हाम्रो ध्यान गएको छ।’
उनले सम्मेलनमा कतिपय मुलुकका राष्ट्रप्रमुख र सरकार प्रमुख सहभागी हुने भएकै कारण प्रधानमन्त्रीले निम्तो पठाइएको बताए। ‘अरू देशका राष्ट्र र सरकार प्रमुख सहभागी हुने भएपछि कार्यक्रममा प्रधानमन्त्रीले जानुपर्ने भयो’, नेता नेपालले भने, ‘निम्तो पनि गर्नु पर्ने अवस्था बन्यो।’
उनले सम्मेलनका कारण द्वीपक्षीय भेटवार्ता भएको भन्दै त्यसले सम्बन्ध सुमधुर तुल्याउन सहयोग गरेको दाबी गरे। ‘त्यसले केही बिग्रिएको छैन’, नेपालले भने, ‘द्विपक्षीय कुराकानी भए फाइदा नै भयो।’
स्थायी समिति सदस्यको धारणा सुनिसकेपछि प्रधानमन्त्री ओलीले सरकारको सहभागिताबारे जवाफ दिएका थिए। नेता नेपालले जस्तै प्रधानमन्त्री ओलीले कम्बोडियाका प्रधानमन्त्री र म्यानमारकी स्टेट काउन्सिलर सहभागि हुने भएका कारण सरकारले निम्तो दिएको बताएका थिए।
‘सरकार प्रमुखहरू आउनुभयो यसले मुलुकको छवि राम्रो बनाएको छ’, ओलीले समिटको प्रतिरक्षा गर्दै भने, ‘हामी संविधानमा रहेको धर्मनिरपेक्षताका विषयमा प्रतिवद्ध छौं।’
उनले सम्मेलनको आयोजना कुनै धर्मविरुद्ध नभएको दाबी गरे।‘चलिआएको धर्मको संरक्षण राज्यको दायित्व हो। हामीले गर्दै पनि आएका छौं’, ओलीले भने, ‘तर सम्मेलन गर्नुको अर्थ हिन्दुका विरुद्ध इसाई र इसाईका विरुद्ध हिन्दु हुन सक्दैन।’
उनले सम्मेलनको आयोजनाले नेपाल धार्मिक सहिष्णुता भएको मुलुकका रूपमा अन्तराष्ट्रिय मञ्चमा स्थापित भएको तर्क गरे।
राजनीतिक प्रतिवेदनमाथिको छलफल सकियो
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ को स्थायी समितिको जारी बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको छ ।
बैठकमा नेता प्रदीप ज्ञवालीले प्रतिवेदनका विषयमा आफ्ना भनाइ राखेपछि अध्यक्षद्वयको राजनीतिक प्रतिवेदनमाथिको छलफल सकिएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार प्रतिवेदनमाथि उठेका प्रश्नको विषयमा आज अपरान्ह ४ः३० बजे बस्ने बैठकमा अध्यक्षद्वयले जवाफ दिने कार्यक्रम छ । “प्रदीप ज्ञवालीले राजनीतिक प्रतिवेदनका विषयमा आफ्ना विचार राख्नुभयो, बिहानै अध्यक्षद्वयले छलफलमाथिको प्रतिउत्तर राख्ने सम्भावना थियो, समय अनुकुल भएन त्यसैले आजै ४ बजेपछि पुन बस्ने बैठकमा उहाँहरूले विचार राख्नुहुन्छ” प्रवक्ता श्रेष्ठले भने ।
नेकपाका केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठका अनुसार विशेष समय लिएर वरिष्ठ नेता माधवकुमार नेपालले एशिया प्यासफिक सम्मेलनका विषयमा आफ्ना भनाइ राखेका थिए ।
प्यासफिक सम्मेलनमा सहभागी भएको भनेर केही नेताले बैठकमा आलोचना गरेका थिए । यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले समेत प्रतिवेदन बाहेकका विषयमा केही भनाइ राख्नुभएको श्रेष्ठले जानकारी दिए ।
गएको मङ्सिर २९ गतेदेखि अध्यक्षद्वयको संयुक्त राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको छ । जारी बैठकमा बोल्ने क्रममा कतिपय स्थायी कमिटीका सदस्यले पार्टी एकीकरणले पूर्णता पाउन नसकेको, सरकराले जनअपेक्षा अनुसार काम गर्न नसकेको लगायतका विषयमा आलोचना गरेका थिए । उठेका सवालमा अध्यक्षद्वयको जवाफ आएपछि राजनीतिक प्रतिवेदन पारित हुने या परिमार्जन गर्ने भन्ने विषय निक्र्यौल हुनेछ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...