‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन् ?’ हुन भने कसरी ? होइनन् भने कसरी ? कारण यस्तो छ
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (मसाल) केन्द्रिय कार्यालयद्वारा लिखित ‘चीन र भारत साम्राज्यवादी देश हुन वा होईनन् ?’ भन्ने पुस्तकको विमोचन गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीचसो पुस्तकको बिमोचन गरिएको हो ।
कार्यक्रममा पार्टीका प्रवक्ता रामप्रकाश पुरीले अहिले भारत र चीनमा एकाधिकार पुँजीको विकासका कारण यी दुवै देश साम्राज्यवादी भएको र विश्व एकाधिकार पूँजीजीको वरिपरि घुमिराखेको अवस्थामा पूँजीको विकसित रूप नै साम्राज्यवाद रहेकोे बताएका छन् ।
उनले भने,‘आउँदै गरेको पार्टीको महाधिवेशनको बिषय बस्तुपनि यिनै कुराहरूमा आधारित रहेकोले यो पुस्तक प्रकाशन गरिएको हो ।’
तेस्रो मुलुकका देशहरू अति विपन्न र विकासोन्मुख देशमाथि पूँजीवादी देशहरूले विभिन्न किसिमका उपनिवेश कायम गर्नको लागि पूँजीको उपयोग गर्ने गर्दछन् भन्दै उनले थपे–‘भारत विस्तारबादी देशभन्दा बाहिर आएर उदारबादी बनेको छ, अबको समाजबाद युद्ध, हतियारले नभएर आर्थिक र वैज्ञानिक विकासले अगाडी बढ्छ ।’
कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाका महासचिव जनकराज शर्माले उक्त पुस्तकमाथि आफ्नो धारणा राख्दै भारत एकाधिकार पूँजीमार्फत् विश्वमा आफ्नो बित्त अधिकार कायम गर्न लागिरहेको टिप्पणी गरे ।
अहिले अमेरिकी सम्राज्यवादको विश्वमा खतरा रहेको बताउँदै उनले भने,‘ विस्तारवाद भारतको चरित्र रहेको थियोे भने अहिले साम्राज्यवादतर्फ उन्मुख भैरहेको छ ।’
चीन विश्वका तेश्रोे महाशक्ति रहेको बताउँदै शर्माले भारतपनि आफ्नो पँुजी विकास गर्दै एशियामा नै आफ्नो प्रभाव जमाउन सक्ने भैसकेको बताए ।
कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता जगतप्रसाद रेग्मीले चीन र भारत दुईवटै साम्राज्यवादी मुलुक भएपनि एउटै प्रकृतिले हेर्न नहुने धारणा राखे ।
उनले भने,‘चीनको तुलनामा भारतीय साम्राज्यवाद नेपाल र नेपालीको लागि धेरै खतरा रहेको र नेपाली क्रान्तिको प्रमुख दुश्मन शक्ति रहेको छ, यद्धपी अन्य साम्राज्यवादी शक्तिलाईपनि कमजोर सोच्न मिल्दैन ।’
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












