अन्तर्राष्ट्रिय सम्बन्ध नयाँ उचाइमा : परराष्ट्रमन्त्री ज्ञवाली
गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले अहिलेको सरकारले छिमेकी मुलुक भारत, चीनलगायत देशसँगको सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको बताउनुभएको छ ।
रेसुङ्गा बहुमुखी क्याम्पस गुल्मीको ३६औँ वार्षिक उत्सवमा आज आयोजित कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले अहिले अन्तर्राष्ट्रिय सम्बन्धलाई राम्रो बनाउँदै लगेको र लगानीका लागि महत्वपूर्ण विकाश साझेदारसँग आग्रह गरिरहेको तथा सकारात्मक प्रतिक्रिया आएको बताउनुभएको छ ।
समाज रुपान्तरण, राष्ट्र निर्माण जीवनोपयोगी शिक्षा अहिलेको आवश्यकता भएको भन्दै उहाँले सामुदायिक विद्यालय र नीजि विद्यालयबीचको दूरीलाई कम समान शिक्षा बनाउनेतर्फ सरकार लागेको बताउनुभयो ।
देशलाई जस्तो खालको दक्ष जनशक्ति आवश्यक पर्छ सोहीअनुसारको शिक्षा दिनुपर्ने समय आएको उहाँको भनाइ छ । अहिले पनि ६० हजारभन्दा बढी बालबालिका विद्यालय शिक्षाभन्दा बाहिर रहेको र लाखौँ बालबालिका पढाइलाई बिचमै छोड्ने दर बढिरहेकाले त्यस्ता विषयलाई सरकारले गम्भीरतापूर्वक लिएको बताउनुभयो ।
Comments
अरु समाचार
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...
-
बंगलादेशमा शेख हसिनाका विरोधीको गोली हानी हत्या !
काठमाडौं । बंगलादेशको राजनीति र सडकमा झन् तीव्र तनाव सुरु भएको छ । गत वर्षको आन्दोलनका प्रमुख नेता तथा इन्किलाब...
-
मधेश प्रदेश:मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने
काठमाडाैं । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री यादवले शुक्रबार दिउँसो ४ बजे...
-
अख्तियार प्रमुखलाई ज्यान लिने धम्की दिने एक व्यक्ति फिलिपिन्समा पक्राउ
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई धम्की दिने एक व्यक्ति पक्राउ परेका छन् । ‘विदेशबाट भाका...












