ताजा समाचार

हवाई इन्धनको मूल्य लिटरमा १० रुपैयाँ घट्यो, ग्यासको यथावत

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको बिक्री मूल्य घटाएको छ । बिहीबार राति १२ बजेदेखि लागू हुने गरी हवाई इन्धनको मूल्य प्रतिलिटर १०  रुपैयाँ घटाएको हो । अब हवाई मूल्य प्रतिलिटर ९४ रुपैयाँ ५० पैसा पर्ने निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले न्युज-नेपाललाई जानकारी दिए । निगमले केही दिनअघि पेट्रोल, डिजल र मट्टितेलको मूल्य घटाएको थियो । खाना पकाउने ग्यासको मूल्यमा भने घटबढ भएको छैन ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org