वाग्मती सफाइमा २९ मेट्रिकटन फोहर व्यवस्थापन
काठमाडौँ । माघे झरीमा पनि उपत्यकाका नदी र चक्रपथ सफाइ जुटेका अभियानकर्मी बिहान ७ बजेदेखि फोहर टिप्दै थिए ।
विसं २०७० जेठ ५ गते शुरु भएको वाग्मती सफाइ महाअभियान जाडो, गर्मी, चाडवाड जस्तोसुकै अवस्थामा पनि जारी छ ।
झरी परेका बेला अभियानर्मीको सङ्ख्या भने घट्ने गरेको छ । झरीसँगै उपत्यकाका नदी र चक्रपथ सफाई गरी २९ मेट्रिक टन फोहर व्यवस्थापन गरियो । सफाइबाट सङ्कलन गरिएको फोहर सम्बन्धित क्षेत्रको स्थानीय तहले व्यवस्थापन गरेका थिए । स्थानीय सरकारले फोहर उठाउन प्रयोग गरेको सवारी साधनमा हालेका आधारमा फोहरको परिमाण सार्वजनिक गर्ने गरिएको अभियानकर्मीले जनाएका छन् ।
उक्त महाअभियानको २९८औँ हप्तामा ललितपुरतिरको गुसिङ्गालमुनिको नदी किनारमा सफाइ गरी चार मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो । सफाइमा वाग्मती सभ्यता एकीकृत विकास समितिका आयोजना प्रमुख आशिष घिमिरेलगायत अभियानकर्मीको सहभागिता थियो ।
सफाइमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायत १६ संस्थाका २९० भन्दा बढी अभियानकर्मीको सहभागिता रहेको अभियानकर्मी एवं अधिकार सम्पन्न वाग्मती समितिकी सञ्चालक सदस्य माला खरेलले राससलाई जानकारी दिए । डेढवर्ष अघि गुसिङ्गाल क्षेत्रबाट हटाइएका सुकुम्वासी फेरि नदी किनारमा आइ बसेकाले नदीमा फोहर बढेको पाइएको उनले जानकारी दिए ।
गुह्येश्वरीमाथिको नदी सफाइको २५९औँ हप्ता पुग्दा गोकर्णेश्वर नगरपालिका वडा नं–६ र ८ को सीमास्थित नदी किनारमा सफाइ गरिएको थियो । दुवै वडाको संयोजनमा भएको सफाइमा कुहिने फोहरलाई जमीनमुनि गाढ्नाका साथै नकुहिने फोहर व्यवस्थापन गरिएको वाग्मती सुन्दरता सरोकार मञ्चका अध्यक्ष उत्तम पुडासैनीले बताए ।
सफाइबाट सङ्कलित तीन मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो । मञ्चले घरभित्रको फोहर व्यवस्थापन नगर्नेलाई नदी किनारको सफाइमा नआउन समेत सुझाव दिएको थियो । घरकै फोहर व्यवस्थपन नगर्नेले पहिले त्यहीँ काम गर्न सल्लाह दिइएको मञ्चले जनाएको छ ।
सो अवसरमा नगर उपप्रमुख शान्ति नेपालले यस क्षेत्रको वाग्मतीलाई नमूना बनाउने अभियानमा नगरपालिका लागेको बताए । सफाइमा मानव अधिकार तथा शान्ति समाजलगायत सङ्घ संस्थासहित माकालबारी टोलवासी गरी २०० भन्दा बढी अभियानकर्मीको सहभागिता थियो ।
रुद्रमती सफाइ अभियानको २५३ हप्तामा रुद्रनगर टोलमा सफाइ गरी एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको रुद्रमती सरोकार समितिका उपाध्यक्ष रोहित गिरीले जानकारी दिए ।
वाग्मतीको तिलगङ्गा क्षेत्रमा १९९औँ हप्ताको सफाइ अभियानमा तिलगङ्गा महिला समूह र आदर्श सेवा नवजीवन केन्द्रको सक्रियतामा तिलगङ्गा आँखा अस्पताल अघिको नदी किनारमा भएको सफाइमा कुहिने फोहर खाडल खनेर गाडी नकुहिने फोहर व्यवस्थापन गरिएको सफाइ संयोजक आशा पाण्डेले जानकारी दिए ।
सुन्दरीघाटस्थित वाग्मती नदी किनारमा १०८औँ हप्ताको सफाइमा दुई मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो भने मनोहरा नदी सफाइको ९८औँ हप्तामा बालकुमारी पुलमुनिको नदी किनारमा सफाइमा एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
यस्तै चक्रपथ सफाइ अभियानको ९४औँ हप्तामा चक्रपथस्थित भाटभटेनीबाट धुम्बाराही चोकसम्मको सफाइमा नौ मेट्रिकटन र ललितपुरको लगनखेलस्थित बौद्ध स्तुपबाट बटुकभैरवस्थानसम्म सफाइमा महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनको सक्रियतामा छ मेट्रिकटन फोहर व्यवस्थापन गरिएको थियो ।
आलोकनगर सफाइको ९४औँ हप्तामा त्यस क्षेत्रमा एक मेट्रिकटन र चक्रपथ बाफल खण्ड सफाइको ७६औँ हप्तामा स्वयम्भू बुद्धपार्क क्षेत्रमा सफाइमा एक मेट्रिक टन फोहर व्यवस्थापन गरिएको थियो ।
सफाइ महाअभियान शुरु भएको पाँच वर्षसम्ममा पनि ठोस् रुपमा काम हुन नसकेको गुनासो समेत सुनिने गरेको छ । सरकारले यस वर्षलाई सरसफाइ वर्षका रुपमा घोषणा गरेपनि अहिलेसम्म प्रभावकारी कार्यक्रम ल्याउन नसकिएको अभियानकर्मीहरूकोको गुनासो थियो । वाग्मती किनारमा सञ्चालन भएका सुङ्गुर बङ्गुर फार्म र सुकुम्वासी बस्ती हटाउनसमेत सरकारले पहल गर्न सकेको छैन ।
माघ २६ गते वाग्मती सफाइ महाअभियान शुरु भएको ३००औँ हप्ताका अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने तयारी भएको छ । विशेष कार्यक्रमका लागि शहरी विकास र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संयोजनामा बैठक गरी तयारीका काम अघि बढाइएको जनाइएको छ ।
विशेष कार्यक्रमका लागि शहरी विकास मन्त्रीको संयोजकत्वमा उपत्यकाका सबै स्थानीय तहका प्रमुख सदस्य रहनेगरी मूलआयोजक समिति गठन गरिएको जनाइएको छ । सङ्घीय मामिला मन्त्रालयले देशभरका स्थानीय तहमा सफाइ सम्बन्धी कार्यविधि ल्याउने तयारी गरेको बताइएको छ ।
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...












