ताजा समाचार

नेपालले पायो २ सय ५५ रनको लक्ष्य

काठमाडौं । युएइमा जार ितीन एकदिवसीय सिरिजको अन्तिम खेलमा अहिले नेपाल र युएइ खेलिरहेका छन् । टस जितेर पहिले बलिङ गरेको नेपालले जितका लागि २५५ रनको चुनौती पाएको छ ।

आईसीसी क्रिकेट एकेडेमीमा युएईले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा २५४ रन बनायो ।

यूएईको सुरुवात खराब थियो । ४७ रन जोड्दा ४ विकेट गुमाइसकेको थियो तर, मध्यक्रमका ब्याट्सम्यानले पारी सम्हाले । साइमान अनवर र सीपी रिजवानले शतकीय साझेदारी गरे ।

यूएईको स्कोर १४५ रन हुँदा पाँचौं विकेटका रुपमा रिवाज ४५ रनमा आउट भए । उनलाई करण केसीले आउट गरे ।

तर, सातौं नम्बरमा आएका मोहम्मद बुटाले अनवरसँग मिलेर आक्रामक पारी खेलेपछि यूएईले राम्रो स्कोर बनायो । दुबैले छैटौं विकेटका लागि ठूलो साझेदारी गरे । अनवर ८७ रनमा आउट भए ।

आक्रमब ब्याटिङ गरेका बुटाले मात्र ३१ बलमा अविजित ५९ रन बनाए । मोहम्मद नाबिद ११ रनमा नटआउट रहे ।

नेपालका लागि करण केसीले दुई विकेट लिए । सन्दीप लामिछाने, कप्तान पारस खड्का र सोमपाल कामीले समान १–१ विकेट लिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org