ताजा समाचार

गिरिजाप्रसाद र सुशील कोइरालाको नामका अस्पताल केन्द्र सरकारकै मातहतमा रहने

काठमाडौं । सोमबारको मन्त्रीपरिषद् बैठकले स्वर्गीय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पतालहरुलाई संघीय सरकार मातहतमै राख्ने निर्णय गरेको छ ।

गिरिजाप्रसाद कोइरालाको नाममा रहेको तनहुँको जीपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र सुशील कोइरालाका नाममा रहेको बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघीय सरकार मातहतमा राख्ने निर्णय गरेको हो ।

मन्त्रीपरिषद् बैठकले कांग्रेसले अघि सारेको मागअनुसार नै दुवै अस्पताललाई संघीय सरकार मातहत राख्ने निर्णय गरेको शिक्षामन्त्री गिरिराजमणि पोखरेलले बताए । संसद्को आगामी बैठकमा यसका बारेमा संसद्लाई जानकारी दिने उनले बताए ।

यसअघि कांग्रेसले आफ्ना स्वर्गीय सभापतिद्वयका नाममा रहकका अस्पतालहरुलाई केन्द्र मातहतबाट हटाएको भन्दै विरोध जनाएको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org