ताजा समाचार

देउवा भन्छन्ः ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’

काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत डा. गोविन्द केसीलाई अनशन तोडेर लामो लडाई लड्न उठ्नुपर्ने बताएका छन् ।

डा. केसीको जीवनप्रति सरकार अशंवेदनशील भएकाले अनशन तोडेर लामो संघर्षको ममैदानमा उत्रिन छुट्टै तयारी थाल्ने जनाएका हुन् । आमरण अनसनरत डा. केसीलाई भेट्न शिक्षण अस्पतालमा पुगेका उनले चिकित्सा शिक्षा विधेयक संशोधन गर्न प्रयास गरेपनि आफूहरुले नसकेको बताए  ।

केसीको सत्याग्रहलाई नेपाली कांग्रेसले राम्ररी बुझेको भन्दै सरकारका विरुद्ध सिंगो कांग्रेस लागेरको भन्दै उनलाई अनशन तोड्न आग्रह गरेका हुन् । देउवाले भने, ‘तपाईको ज्यान तलमाथि भएपनि सरकारलाई मतलब छैन । हामीलाई भने मतलब छ ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org