ताजा समाचार

साढे सात करोड लागतमा बन्ने पर्यटकीय पार्कको डिपिआर तयार

चितवन । पूर्वी चितवनको राप्ती नगरपालिकामा निर्माण हुन लागेको जैविक पर्यटकीय पार्कको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ । शिखर हरियाली सामुदायिक वन उपभोक्ता समूहको क्षेत्रभित्र निर्माण हुन लागेको सो पार्कको डिपिआर निर्माण सकिएको हो ।

डिपिआर निर्माणसँगै एक महीनाभित्र निर्माणको काम शुरु गरिने उपभोक्ता समूहका अध्यक्ष केदार आचार्यले जानकारी दिए । बहुवर्षीय योजनाको रुपमा रहेको पार्क रु सात करोड ५० लाख लागतमा पाँच वर्षभित्र निर्माण सम्पन्न गरिने आचार्यले बताए। करीब रु १० लाखको लागतमा स्वराज कन्सल्टेन्टले डिपिआर निर्माणको काम सम्पन्न गरेको हो ।

निर्माणाधीन अवस्थामा नै तीन वर्षमा पार्क सञ्चालन गर्ने सामुदायिक वनको तयारी छ । घुम्न आउने पर्यटकलाई मनोरञ्जन प्रदान गर्नुका साथै वनस्पतीसम्बन्धी शिक्षा दिनु पार्क निर्माणको मुख्य उद्देश्य भएको आचार्यले बताए । पार्क निर्माणका लागि प्रदेश नं ३ सरकारले रु तीन करोड विनियोजन गरेको छ भने राप्ती नगरपालिका र सामुदायिक वनले समेत बजेट विनियोजन गरेका छन् । इको टुरिजम पार्कमा आकर्षक बगैँचा, पौडीपोखरी, भोजस्थल, विभिन्न आकर्षक पुल, विश्रामस्थल, चौतारो, टिकट घर, पार्किङस्थल, शौचालयलगायतका भौतिक संरचना निर्माण हुनेछन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org