गण्डक नहरको संरचना जीर्णः जुनसुकै बेला दुर्घटना हुन सक्ने
वीरगञ्ज । गण्डक नहरको संरचना पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने सम्भावना रहेको छ ।
करीव ४५ वर्ष अघि निर्माण भएको गण्डक नहरमा रहेको पुल, पुलेसा, कलभर्ड तथा संरचनाको आवश्यक मर्मत सम्भार हुन नसक्दा ती संरचना जीर्ण बन्दै गएको छ ।
प्रदेश नं २ को पर्सा, बारा एवं रौतहट जिल्लाको दक्षिणी भेगको ३७ हजार ४०० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा उपलब्ध गराइ कृषि उत्पादकत्वमा अभिवृद्धि गर्न र त्यसबाट कृषकको जीवनस्तरमा परिवर्तन ल्याउने उद्देश्यले विसं २०३० जेठ २१ गते तत्कालीन प्रधानमन्त्री कीर्तिनिधि विष्टले उद्घाटन गरेको सो गण्डक नहरमा साना ठूला गरी तीन हजार ५७४ वटा पुल, पुलेसा, कल्भर्ड रहेका छन् ।
भारत विहार राज्यको वाल्मिकीनगरमा निर्माण गरी पूर्वी मूलनहर (तिरहुत मूलनहर) को दोनशाखा नहरबाट पश्चिमी चम्पारणको इनर्वा गाउँ तथा पश्चिमी पर्साको जानकी टोलमा प्रवेश गरेको सो नहर हाल बारा जिल्लाको ११ नं ब्लकसम्म ६० किलोमिटरमा पानी आउने गरेको छ ।
कूल ८१ किलोमिटर लम्बाइको सो मूलनहर रौतहट जिल्ला हुँदा वाग्मती नदीमा मिसिने गरे पनि हाल जानकीटोलादेखि बाराको ११ नम्बर ब्लकसम्म मात्र पानी पुग्ने गरेको नारायणी सिँचाइ व्यवस्थापन कार्यालय बहुअरी वीरगञ्जले जनाएको छ ।
विश्व बैंकको ऋण सहयोगमा निर्माण भएको सो नहर सन् १९७५ र १९७६ गरी दुई चरणमा नेपाल सरकारलाई हस्तानान्तरण गरिएको थियो । सो नहरमा रहेको पुल, पुलेसा कल्भर्ड तथा संरचना अति पुरानो र जीर्ण भइसकेकाले जुनसुकै बेला भत्किन सकने अनुमान प्राविधिकको छ । ८१ किलोमिटर लम्बाइ भएको सो गण्डक नहरमा मूलशाखा नहर १७ वटा, शाखा नहर ५० वटा, उपशाखा नहर ४०८ दशमलव पाँच किलोमिटर, प्रशाखा नहर ९टर्सरी० एक हजार ४६८ किलोमिटर, निकास नहर ३०८ किलोमिटर तथा सो नहरमा तीन हजार ५७४ वटा पुल, पुलेसा र कल्भर्ड रहेका छन् ।
नेपाल–भारतबीच भएको गण्डक सम्झौताअनुसार भारत सरकारले सो नहरमा ८५० क्युसेक पानी उपलब्ध गराउनुपर्नेमा विगतका वर्षमा ५०० देखि ६०० क्युसेक पानी मात्र उपलब्ध गराउँदै आएको छ । आर्थिक वर्ष २०७४÷०७५ मा धानबालीका लागि ८२९ क्युसेक पानी प्राप्त हँुदै आएको सो कार्यालयले जनाएको छ ।
प्रत्येक वर्ष नदीले नहरक्षेत्र, संरचना, डाइकहरु कटान गरिरहेकाले बजेटको अभावमा सोको मर्मतसम्भार गर्न नसकिएकाले पुल, पुलेसा तथा कल्भर्ड जीर्ण हुँदै गएको छ । डिभिजन प्रमुख राजेन्द्रप्रसाद साहले भने, “जीर्ण हुँदै गएको संरचनाको मर्मतसम्भारका लागि सङ्घीय सरकारले बजेटको व्यवस्थापन गर्नुपर्छ ।”
सो कार्यालयले बृहत् योजनाअन्तर्गत रहेको रु चार करोड बजेटमध्येबाट नहरको मर्मतसम्भार गरिए पनि जीर्ण रहेको पुल, पुलेसा तथा कल्भर्डको मर्मतसम्भार गर्ने कार्य बजेट अभावका कारण अगाडि बढ्न नसकेको प्रमुख साहको भनाइ छ ।
कतिपय ठाउँमा किसानले कुलो मासेर खेत बनाएको, नहरको डिलमा रहेका हरियो रुख कटान गरी डिल अतिक्रमण गरेर घरटहरा बनाएको, फोहरमैला नहरमा फ्याँक्ने गरेकाले साइफन जाम हुने गरेका कारण नहर जीर्ण हुँदै गएको छ ।
नहरका संरचना हलुका सवारीका लागि बनाइए पनि ठूला सवारी साधनको आवतजावत भइरहने भएकाले दिनदिनै ती संरचना जीर्ण बन्दै गएको समस्या यथावत् रहेको देखिन्छ । यसैगरी वीरगञ्ज ठोरी गण्डक नहरको सिक्टा नदीको पुलसमेत जीर्ण बन्दै गएको छ ।
जगरनाथपुर गाउँपालिकाको मसिहानी क्षेत्रमा पर्ने उक्त पुलमा सवारी साधन आवतजावत गर्ने भएकाले पुलको दुवैतर्फको आरसिसी पर्खाल जीर्ण बनिसकेको, पुलको सतह ठाउँठाउँमा चर्किएको, पर्खालका स्तम्भ भाँचिएको, पुलको भित्ता हल्का दबाबमा हल्लिने गरेको छ ।
सो जीर्ण रहेको पुल, पुलेसा कल्भर्डलगायतका पुराना संरचना समयमै मर्मतसम्भार नगरिए जुनसुकै बेला दुर्घटना हुने सम्भावना रहेको पश्चिमी पर्सावासीको भनाइ छ ।
Comments
अरु समाचार
-
जुवातास खेलाउने अभियुक्तलाई सामान्य धरौटीमा छुटाउने खेल, अभियुक्तले किर्ते नागरिकता समेत लिएको खुलासा
काठमाडौं । नेपाल प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको गत असोज ४ गते काठमाडौं महानगरपालिका वडा नं ६ बौद्वको फुलवारी...
-
त्रिविविद्वारा एआई प्रयोगमा प्रतिबन्ध
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको...
-
असोज ९ गते न्यायपरिषदको बैठक बस्दै, सर्वोच्चमा चार न्यायाधीश सिफारिस गर्ने तयारी
काठमाडौं। सर्वोच्च अदालतमा रिक्त रहेका चार न्यायाधीश सिफारिस गर्न न्याय परिषदको बैठक २०८१ असोज ९ गते भोली बस्दैछ। प्रधानन्यायाधीश...
-
मुखमा मास्क र कालो टेप लगाएर दुर्गा प्रसाइँ पक्राउविरुद्ध प्रदर्शन
काठमाडौं । बी एन्ड सी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गरिएको विरोधमा दैनिक विरोध प्रदर्शन हुन थालेको छ ।...
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...