ताजा समाचार

नेपाली सेना, न्यायालय र मन्त्रिपरिषदका निर्णयमा अख्तियारले छानबिन गर्नुपर्छः राप्रपा

काठमाडौं ।

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाली सेना र मन्त्रिपरिषदका निर्णय मार्फत हुने भ्रष्टाचारको छानबिन गर्ने जिम्मा अख्तियारलाई दिन माग गरेको छ ।

आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राप्रपाले अख्तियारको अधिकार क्षेत्र बढाउँदै नेपाली सेना, न्यायालय र मन्त्रिपरिषदबाट भएका नीतिगत निर्णयको आवरणमा भ्रष्टाचार बढिरहेको बताएको छ ।

राप्रपाका अध्यक्ष कमल थापाले अख्तियारको नियन्त्रण बाहिर हुँदा सेना र न्यायलयमा भ्रष्टाचार बढेको र सानातिना ठेक्काका निर्णय पनि मन्त्रिपरिषदबाट हुन थालेको भन्दै उनले राज्यकोषबाट सञ्चालित सबै निकाय अख्तियारको क्षेत्राधिकारमा समावेश गर्नुपर्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org