ताजा समाचार

११ वर्षीया बालिकाको सामूहिक बलात्कार पछि हत्या

काठमाडौं ।

आधा शरीर जलेर नष्ट भएको अवस्थामा भेटिएकी जनकपुरकी ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको खुलेको छ । गत फागुन २ मा जनकपुरकी ११ वर्षीया बालिका दुतिया रैसेलीको बलात्कारपछि हत्या भएको खुलासा भएको हो ।

बालिकामाथि चार जनाले सामूहिक बलात्कार गरेको खुल्न आएको प्रदेश २ प्रहरीको विशेष टोलीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

प्रहरीले घटनामा संलग्नहरुको पहिचान भइसकेको र पक्राउ समेत परिसकेको जनाएको छ ।

मिथिला नगरपालिका ३ हरिहरपुर बस्ने नारायण रैसेलीकी ११ वर्षीया छोरी दुतिया रैसेली फागुन १ गते गाउँमै बिहेभोज खान गएकी थिइन् । उनको शव घरभन्दा केही पर मगरटोल नजिक झाडीमा आधा जलेको अवस्थामा त्यसको भोलिपल्ट बिहान १० बजे फेला परेको थियो ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org