राजनारायण पाठकबारे अनुसन्धान गर्न अख्तियारले गर्यो टीम गठन
काठमाडौं ।
घुस प्रकरणमा मुछिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकबारे अनुसन्धान गर्न १५ जनाको टीम गठन गरिएको छ ।
घुस प्रकरणमा मुछिएपछि राजीनामा दिएका पाठकविरुद्ध अख्तियारले अनुसन्धान गर्दै छ । त्यसका लागि १५ जनाको ‘इन्टलीजेन्स यूनिट’ गठन गरिएको हो ।
आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले वरिष्ठ सचिवको संयोजकत्वमा गठित समितिले अनुसन्धान सुरु गरिसकेकाले छिट्टै त्यसबारेका सत्य तथ्य सार्वजनिक गरिने जानकारी दिए ।
संघीय ससद राष्ट्रियसभा अन्र्तगतको दीगो विकास तथा सुशासन समितिको आईतबार बसेको बैठकमा समिति सदस्यहरुले राखेको प्रश्नको जवाफ दिँदैं प्रमुख आयुक्त घिमिरेले भ्रष्टाचारी कसैले पनि उन्मुक्ति पाउनुहुन्न भन्ने अभिप्रायका साथ आयोगले काम गरिरहेको बताए ।
Comments
अरु समाचार
-
आन्ध्र प्रदेशस्थित एक मन्दिरमा भागदौड हुँदा छ जनाको मृत्यु
काठमाडौं । भारतमा हिन्दू धर्मावलम्बी भेला भएको एक मन्दिरमा भागदौड मच्चिँदा कम्तीमा छ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते...
-
सुनको मूल्य बढ्यो
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल...
-
लस एन्जलसमा लागेको आगो अझै आएन नियन्त्रणमा,बिहीबारसम्म पाँच जनाको मृत्यु
काठमाडौं । अमेरिकाको लस एन्जलसको जङ्गलमा लागेको आगलागीका कारण बिहीबार बिहानसम्म पाँच जनाको मृत्यु भएको छ । लस एन्जलस सेरिफको...
-
तनहुँका ५० जना महिलालाई ढकिया बुन्ने तालिम
काठमाडौं । ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सीप र अनुभव अन्तरपुस्ता हस्तान्तरण कार्यक्रमअन्तर्गत यहाँका महिलाहरूलाई ढकिया बुन्ने तालिम प्रदान गरिएको छ...
-
चिसो बढेपछि कञ्चनपुरका विद्यालय बन्द
काठमाडौं । एक सातादेखि निरन्तररुपमा शीतलहर चलेपछि कञ्चनपुरका स्थानीय तहले विद्यालयमा बिदा दिएका छन् । शीतलहरका कारण अत्यधिक चिसो बढेपछि...
-
काठेखोलामा वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री
काठमाडौं । काठेखोला गाउँपालिका-६ का किसानले गत वर्षको तुलनामा यस वर्ष पाँच करोड ४० लाखको सुन्तला बिक्री गरेका छन्। गाउँपालिकाका...
-
आगलागीमा परी एकको मृत्यु
काठमाडौं । सोलुदूधकुण्ड नगरपालिका–२ थुम्लिङमा गए राति भएको आगलागीमा परी एकको मृत्यु भएको छ । मृत्यु हुनेमा अन्दाजी ४० वर्षे...
-
गैँडाको खाग र लागु औषधसहित भारतीय नागरिक पक्राउ
काठमाडौं । नेपाल भारत सीमास्थित मेचीनगर नगरपालिका काँकडभिट्टाबाट प्रहरीले गैँडाको खाग र लागू औषधसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ...
-
रवि लामिछाने जोडिएको मुद्दामा आज सरकारी वकिलले जवाफी बहस गर्ने
काठमाडौं । पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आरोपी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि...