ताजा समाचार

बस दुर्घटनामा आठ जनाको मृत्यु

तेहरान । इरानको राजधानी तेहरान नजिक शुक्रबार बिहानै भएको यात्रुबाहक बस दुर्घटनामा आठ जनाको मृत्यु भएको इरानी समाचार संस्था इस्नाले जनाएको छ ।

इरानको करमान सहरबाट आएको बस तेहरान–क्वूम राजमार्गमा पल्टिएको स्थानीय प्रहरीले जनाएको छ । दुर्घटनाका कारण अरु ३६ जना घाइते भएका छन् ।

ट्राफिक प्रहरी नादेर रहमानीले बिहानको समयमा बसका चालक निदाएका कारण दुर्घटना भएको हुनसक्ने बताए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org