बाबा समूहद्वारा सामूहिक चौरीपालन
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ राम्चेमा विदेशबाट फर्किएका युवाले सामूहिक चौरीपालन गर्न थालेका छन् । वैदेशिक रोजगारको विकल्पको रूपमा गाउँमै व्यावसायिक चौरीपालन गर्ने लक्ष्यले प्रगतिशील बाबा समूहमार्फत उनीहरूले चौरीपालन शुरु गरेका हुन् ।
समूहका अध्यक्ष गमबहादुर पुर्जाले भने, ‘चौरीपालनमा अहिलेसम्म रु १४ लाखभन्दा बढी लगानी भइसकेको र अहिले समूहसँग ३८ वटा चौरी छन् ।’ समूहमा आवद्ध सात जनाले तीन वर्षअघि रु छ लाख लगानी गरी १२ वटा चौरीपालन शुरु गरेकामा नौमती बाजा बजाएर कोषमा जम्मा गरिएको रकम र व्यतिmगत रकमसमेत सङ्कलन गरेर सो व्यावसाय थालिएको उनको भनाइ थियो ।
चौरीको सङ्ख्या बढाउन र गोठ सुधार गर्न थप रु आठ लाख लगानी गरेर मोहरेडाँडा, मथेनी, फूलबारी र जलजलाको उच्च पहाडी क्षेत्रको जङ्गल उनीहरूले प्रयोगमा ल्याएका छन् । एक जनालाई मासिक रु दश हजार ज्याला दिएर चौरी हेर्ने गोठाला राखिएको कोषाध्यक्ष पलबहादुर पुर्जाले बताए ।
‘‘विदेशबाट फर्किएपछि सामाजिक काम र आयआर्जनका लागि समूह बनाएका थियौं,’ उनले भने, ‘चौरीबाट अहिलेसम्म आम्दानी त भएको छैन तर सङ्ख्या र लगानी थपिँदै गएको छ ।’ चौरीगाईको दूधबाट चिज उद्योग सञ्चालन गर्ने समूहको लक्ष्य छ । याकको मासु र रगत पनि बिक्री हुन्छ ।
समूहका सदस्य गाउँमा हुने विवाह, छेवार, किरियामा बाजा बजाउँछन् । उनीहरुले मगर समुदायको परम्परागत पुख्यौली नृत्य पनि देखाउँछन् । बाजा बजाउँदा र नृत्य देखाउँदा भएको आम्दानी सहभागीले भाग लगाएर निश्चित रकम कोषमा जम्मा गर्दै आएका थिए ।
समूहको अगुवाइमा राम्चेमा जुवातास, मदिरा नियन्त्रण र विकास निर्माणको काममा पनि सहयोग गरिएको जानकारी दिँदै सचिव सुनबहादुर पुर्जाले भन्नुभयोे, ‘हमीले संस्कृति जोगाएका छौँ, जीविकोपार्जन पनि भएको छ र पुख्यौली नृत्यलाई नयाँ पुस्तामा हस्तान्तरण गरिएको छ । ’
युवा युवतीलाई पुख्यौली नाच्न र गाउन सिकाइएको थियो । उनीहरुले नौमती बाजाको अभावमा संस्कृतिनै हराउन थालेपछि उनीहरू आफै बाजा बजाउन थालेका हुन् । विसं २०६० मा सो समूह गठन भएको थियो ।
बाबा र आमा समूहको सक्रियताले विकासका योजना कार्यान्वयनका लागि जनसहभागिता जुटाउन सहयोग पुगेको वडाध्यक्ष खमबहादुर गर्बुजाले बताए । ‘अधिकारका लागि नभएर सामाजिक काम, संस्कृति संरक्षण र आयआर्जनको क्षेत्रमा यहाँको बाबा समूहले नमूना काम गर्दै आएको उनले जानकारी दिए ।
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...