ताजा समाचार

गोरखा पुगेर नारायणकाजी श्रेष्ठले भने, ‘विप्लवसँग वार्ता गर्न सरकार तयार छ’

गोरखा ।

सरकारले विप्लव समूहमाथि प्रतिवन्ध लगाएपछि नेकपाभित्र नै फरक स्वरहरु सुनिएका थिए । पछिल्लो केही दिनयता प्रहरीले आफ्नो कारवाही पनि जारी राखेको छ । यसैबीच नेकपाका प्रवक्ताले विप्लव समूहसँग वार्ताका लागि आफुहरु तयार रहेको बताएका छन् ।

प्रवक्ता नारायणकाजी श्रेष्ठले विप्लव समूहसँग वार्ता गर्न सरकार तयार रहेको भएपन विप्लव समूह वार्तामा आउन नचाहेको बताए ।

‘विप्लव समूह एउटा राजनितिक शक्ति हो तर, उहाहरुले गरेको क्रियाकलाप गलत छ’ नेकपा प्रवक्ता श्रेष्ठले भने, ‘उहाँहरु तयार भए हामी जुनसुकै वेला पनि वार्तामा बस्न तयार छौं ।’

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org