गिरिजाप्रसाद पुरस्कार श्रेष्ठ तथा मदन भण्डारी पुरस्कार घिमिरे र जोशीलाई
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रिपोर्टर्स क्लबद्वारा स्थापित विभिन्न पुरस्कार आज आयोजित कार्यक्रममा प्रदान गरेका छन् ।
यस वर्षको ‘गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार’ ‘नेपाल समाचारपत्र’ दैनिकका प्रधान सम्पादक एवं प्रकाशक पुष्करलाल श्रेष्ठलाई प्रदान गरिएको छ । सो पुरस्कारको राशि रु एक लाख सहित प्रमाणपत्र छ । प्रधानसम्पादक श्रेष्ठ अस्वस्थ्य हुनुभएकाले सो पुरस्कार सो पत्रिकाका कार्यकारी सम्पादक दीपक रिजालले ग्रहण गरे ।
त्यस्तै ‘मदन भण्डारी स्मृति पत्रकारिता पुरस्कार’ ‘रिपब्लिका’ अङ्ग्रेजी दैनिकका प्रधानसम्पादक सुवास घिमिरे र वरिष्ठ पत्रकार हरिप्रसाद जोशीलाई संयुक्त रुपमा प्रदान गरिएको छ । सो पुरस्कारको राशि जनही रु ५०÷५० हजार छ । ‘वीरेन्द्र साह स्मृति पत्रकारिता पुरस्कार’ ‘कान्तिपुर दैनिक’का सहायक वरिष्ठ उपसम्पादक राजेश मिश्रलाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
यसैगरी ‘कृष्णसेन इच्छुक स्मृति पत्रकारिता पुरस्कार’ क्रान्तिकारी पत्रकार सङ्घका संस्थापक अध्यक्ष एवं प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहाललाई प्रदान गरियो । सो पुरस्कारको राशि रु २५ हजार छ ।
त्यस्तै ‘शहीद जगतजङ्ग शाह स्मृति पत्रकारिता पुरस्कार’ पत्रकार डिल्ली बसेल, ‘रिपोर्टर्स क्लब नेपाल उत्कृष्ट युवा पत्रकारिता पुरस्कार’ पत्रकार सन्तोष न्यौपाने, ‘क्रियाशील युवा पत्रकारिता पुरस्कार–२०७५’ ‘राजधानी’ दैनिकका समाचार सम्पादक ध्रुव लम्साल र ‘क्रियाशील महिला पत्रकारिता पुरस्कार’ पत्रकार उषाकिरण कँडेललाई प्रदान गरियो ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा सञ्चार उद्यमी रामेश्वर थापा, भरतपुर उपमहानगरपालिका प्रमुख रेनु दाहाल, गैरआवासीय नेपाली महासङ्घका अध्यक्ष भवन भट्टलगायतलाई सम्मानसमेत गरेका थिए ।
Comments
अरु समाचार
-
न्युजिल्यान्डका वैज्ञानिकहरूले पत्ता लगाए घोस्ट ‘स्पुकफिस’
काठमाडौं । न्युजिल्यान्डका वैज्ञानिकहरूले मङ्गलबार ‘घोस्ट सार्क’ को नयाँ प्रजाति पत्ता लगाएका छन् । यो माछाको एक प्रकार हो र...
-
आगलागीबाट ३५ लाख बराबरको क्षति
काठमाडौं । यहाँको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ । लामालेक बजारमा रामदत्त...
-
चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन
काठमाडौं । चाडपर्वलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ । निमित्त प्रहरी महानिरीक्षक (प्रहरी अतिरिक्त महानिरीक्षक) टेकप्रसाद राईले...
-
विपन्न तथा ज्येष्ठ नागरिकलाई उपचारमा २० प्रतिशत छुट
काठमाडौं । बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको बूढीनन्दा नगरपालिकामा रहेको कोल्टी आधारभूत अस्पतालले नगरपालिका क्षेत्रभित्रका नागरिकको उपचारमा २० प्रतिशत छुट...
-
गर्मीका कारण कञ्चनरुप नगरपालिका विद्यालयमा बिदा
काठमाडौं । तराई–मधेसमा अत्यधिक गर्मी बढेसँगै सप्तरीको कञ्चनरुप नगरपालिका अन्तर्गतका विद्यालयमा बिदा दिइएको छ । नगरपालिकाले सूचना जारी गर्दै आजदेखि...
-
विश्वव्यापी विभाजन, तीन युद्ध र सम्भावित मध्यपूर्व सङ्घर्षको छायाँमा विश्वका नेताहरू भेला हुँदै
काठमाडौं । बढ्दो वैश्विक विभाजन, गाजा, युक्रेन र सुडानमा भइरहेका ठूला युद्धहरू र मध्यपूर्वमा अझ ठूलो द्वन्द्वको खतराको छायाँमा विश्वका...
-
कोशी प्रदेश सरकारले जनतासँग प्रदेश सरकार कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले ‘जनतासँग कोशी प्रदेश सरकार कार्यक्रम सञ्चालन कार्यविधि, २०८१’ स्वीकृत गर्ने निर्णय...
-
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गरेका...
-
सुनको मूल्य हालसम्मकै उच्च
काठमाडौं । सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आज प्रतितोला रु पाँच...