बजेटले असमानता बढायो, खरिदारको तलब सरह राष्ट्रपतिको तलब बृद्धि भयोः नेता खाण
काठमाडाैं । नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य बालकृष्ण खाणले कम्युनिष्ट सरकारको बजेटले संघीयतालाई आधारशिला नमानेको दाबी गरेका छन् ।
कम्युनिष्ट सरकारले ल्याएको बजेटले स्थानिय तहलाई खुम्च्याउने कोसिस गरेको भन्दै खाणले शक्ति केन्द्रिकृत गर्न खोजेको आरोप लगाएका छन् ।
तल्लो तहमा स्थानिय नेतृत्व आइसकेपनि जनप्रतिनिधिहरुलाई मार्ग निर्देश गर्ने कुरा भुलेर उनीहरुको अधिकार खोस्न खोजिएको भन्दै उनीहरुलाई विकासका काममा विश्वास गर्न नसक्नु दुखद कुरा रहेको जनाएका छन् ।
आज चलेको संसदमा बोल्दै नेता खाणले बजेटले जनप्रतिनिधिको अधिकार मात्रै खोस्ने काम नगरेको भन्दै संघीताको मर्ममाथिको प्रहार भएको दाबी गरेका छन् ।
सरकारले बढाएको तलब बृद्धिमाथि प्रश्न उठाउदै खाणले भने, कार्यालय सहयोगी देखि राष्ट्रपतिबीचको तलब बृद्धि अत्यन्तै असमानजनक भएको दाबी गरेका छन् । बजेट समाजबाद उन्मुख भन्दा पनि बजटे कागजको घोडा जस्तै बन्न पुगेको वताए । कागको घोडाले न घाँस र दाना खान सक्छ । न भारी बोक्न सक्छ । यो बजेट कागजको घोडा जस्तै हो । पुजिगत खर्च गरेर शान्ति र संवृद्धि ल्याउने खालको बजेट हुनुपर्छ । कागजको घोडा पोहोर साल अलि सानो थियो । अहिले अलि ठूलो भएछ । कमसेकम अलि ठूलो कागको घोडा बनाएको भए पानी जहाज आउथ्यो की ? नेपाली जनता आफ्नै देशमा पानी जहाज चढ्न चाहन्छन् ।
यस्तै, नेता खाणले भने, तलब बृद्धि हुँदा एउटा खरिददारको तलब जत्तिकै पैसा राष्ट्रपतिको तलब बढेको छ । कार्यालय सहयोगीको कुरा त के रह्यो र ? के मूल्यबृद्धि कार्यालय सहयोगीलाई बढ्ने होइन र ? मूल्यबृद्धिले राष्ट्रपति या सामान्य कर्मचारी सबैलाई बढ्ने हो । यसर्थ यो बजेट समाजबाद उन्मुख बजेट छैन् ।
Comments
अरु समाचार
-
शेयर बजारमा देखियो उछाल, झण्डै ६५ अंकले बढ्दा २१ अर्ब २२ करोडको शेयर किनबेच
काठमाडौं । शेयर बजारमा उछाल देखिएको छ । साताको अन्तिम कारोबार दिन आज बिहिबार नेप्से ६४ दशमलव ६९ अंकले बढेर...
-
खाडीका ७ देशमा पुनः श्रम स्वीकृति दिने निष्कर्षमा सरकार
कठमाण्डौ – सरकारले संयुक्त अरब इमिरेट्स (यूएई)सहित कतार, ओमान, यमन, जोर्डन, साउदी अरब, र टर्कीएमा कार्यरत नेपाली श्रमिकलाई पुनः श्रम...
-
जेनजी आन्दोलन पुनर्निर्माण कार्ययोजना : आगामी वर्ष तीनै तहका सरकारले बजेट छुट्याउनुपर्ने
काठमाडौं । गत भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएको आन्दोलनले व्यापक भौतिक तथा आर्थिक क्षति पुर्याएपछि सरकारले...
-
ग्यास सिलिण्डर कालोबजारी नियन्त्रणका लागि विभाग सक्रिय, ६ हजार सिलिन्डर बरामद
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले ललितपुरको हरिसिद्धि स्थित श्रीराम ग्यास उद्योगको गोदामबाट ठूलो मात्रामा ग्यास सिलिन्डर लुकाएर...
-
पेट्रोलमा १५ रुपैयाँ र डिजेल र मट्टीतेलमा १० रुपैयाँ बढ्यो
काठमाडाैँ । मध्यपूर्वी क्षेत्रमा तनाव चर्किरहेका बेला नेपालमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ। नेपाल आयल निगमले एकैपटक पेट्रोलमा प्रतिलिटर १५...
-
पूर्वी नाकाबाट भित्रिए छ हजार ७९१ पर्यटक
झापा । पूर्वी नाका काँकडभिट्टा हुँदै आठ महिनामा छ हजार ७९१ तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । अध्यागमन कार्यालय...
-
चार लेन सडक निर्माणका लागि विद्युत् पोल हटाइँदै
भोजपुर । टेम्केमैयुङ गाउँपालिका–२ छिनामखुमा अवस्थित मलुवा पोखरी पछिल्लो समय पर्यटकको आकर्षक गन्तव्यका रूपमा परिचित बन्दै गएको छ । सरकारले...
-
ग्यासको अनावश्यक भण्डारण नगर्न निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगमले आवश्यकताअनुसार मात्र एलपी ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न सबैमा अनुरोध गरेको छ ।...
-
चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु पुँजीकर्जा सम्बन्धी मार्गदर्शन २०७९ को संसोधित व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । शुक्रबार...












