चन्दाले मात्रै रंगशाला बन्दैन, सघाउन सरकारले योजना बनाएको छः प्रचण्ड
काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चन्दाले मात्रै क्रिकेट रंगशाला बनाउन नसकिने बताएका छन्।
बुधबार चितवन पुगेका अध्यक्ष दाहालले पत्रकारहरुसँग कुरा गर्दै अर्बौं लगानी हुने क्रिकेट रंगशाला जस्ता संरचना चन्दाले मात्रै बनाउन नसकिने भएकाले सघाउनका लागि सरकारले योजना बनाएको खुलासा गरे । ‘चितवनमा बन्न लागेका जस्ता रंगशालालाई सरकाले प्रोत्साहन गर्ने नीति लिएको छ। आवश्यक पर्दा सरकारले सहयोग गर्छ’, उनले भने, ‘चितवनको रंगशाला राष्ट्रिय गौरवकै आयोजनाका रुपमा छ।
यो चितवनको लागि मात्रै नभएर देशकै लागि पनि महत्त्वपूर्ण छ। सबै चितवनबासीले यसलाई बनाउन सघाउनुपर्छ।’ यो रंगशाला बनाउने क्रममा पैसा पुगेन भने सघाउने नीति सरकारले लिएको छ । ‘चन्दा उठाएर मात्रै पनि रकम पुगेन भने यस्ता आयोजनालाई प्रोत्साह गर्ने भनेको छ सरकारले’, दाहालले थपे, ‘चन्दाले मात्रै यति ठुलो आयोजना बन्दैन, त्यहीकारण यो वर्षका नीति तथा कार्यक्रममा एउटा आधार तय गरेका छौँ।
रंगशाला निर्माणमा भएको अवरोधलाई उनले ठुलो काममा सानातिना समस्या आउने प्रतिक्रिया दिए। ‘रंगशालामा अहिले भएको अवरोध सानोतिनो कुरा हो। ठुलो काम भएकाले यस्ता समस्या आउनु सामान्य हो। साना साना समस्या चिर्दै रंगशाला निर्माण अघि बढ्छ।’ अध्यक्ष दाहालले प्रशेश नम्बर ३ को राजधानी ५ वर्षका लागि हेटौँमा नै राख्ने गरी छलफल भइरहेको सुनाए ।
‘प्रदेश ३ को राजधानी र नाम टुंगिन सकेको छैन’, उनले भने, ‘५ वर्षका लागि त्यसैलाई कायम राख्ने कि भन्नेमा पनि छलफल भइरहेको छ। विधेयकमा तयारी भएन अध्यक्ष दाहालले आफ्नै पार्टीका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले विभिन्न विधेयक ल्याउँदा आवश्यक तयारी नगरेकोले विवादित भएको बताएका छन्।
‘सरकारले विधेयक ल्याउँदा तयारी राम्रो नगरेको देखियो। सरकारले पार्टी र सरोकारवालासँग राम्रो छलफल गरेको देखिएन’, उनले भने, ‘गृहकार्य गरेर नल्याउँदा विवाद भएको हो । मिडिया काउन्सिल विधेयक पनि परिमार्जन गरेर लैजानुपर्छ।’
भिडियोः
Comments
अरु समाचार
-
एमाले भोजपुरको अध्यक्षमा खड्का निर्वाचित
काठमाडाैं। नेकपा एमाले भोजपुरको नयाँ नेतृत्वमा मक्कर खड्काको प्यानलै विजयी भएको छ । भर्खरै सम्पन्न मत परिणाम अनुसार निवर्तमान अध्यक्ष...
-
मुख्यमन्त्री सोडारीलाई विश्वासको मतमा हतार नगर्न ओलीको निर्देशन
काठमाडौं । सुदूरपश्चिम प्रदेशमा नेकपा एकीकृत समाजवादी नेतृत्वको सरकारलाई सत्तारुढ दल नेकपा एमालेले तत्काल विश्वासको मत नदिने भएको छ। एमाले...
-
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ हुँदै
काठमाडौं : क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा आइतबार सुनुवाइ हुँदैछ। यसअघि वैशाख १० र १६ गत दुई दिन यो मुद्दा ‘हेर्न नभ्याइने’मा...
-
जनताले ‘पपुलिजम’ स्वीकार्य नभएको सन्देश दिए: महासचिव पोखरेल
काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले विचारधाराको जगमा खडा भएका राजनीतिक दलहरूको विकल्प ‘पपुलिजम’का आधारमा खोज्ने प्रयास इलाममा असफल...
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...