ताजा समाचार

सार्वजनिक यातायातको भाडा १२ प्रतिशत बढ्यो

काठमाडाैँ । सरकारले सबै खाले सार्वजनिक सवारी साधनमा लागू हुने गरी भाडा वृद्धि गरेको छ।

यातायात व्यवस्था विभागका महानिर्देशक कुमारप्रसाद दहालले भाडा बढाइएको बताए।

सबै खाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशत बढाइएको उनले पुष्टि गरे।

विभागले मेकानिकल पार्टस्को मूल्य, सवारी साधनको मूल्य, श्रमको दर, इन्धनमा भएको मूल्यवृद्धिलगायतका आधारका भाडादर कायम गरिएको बताएको छ।

भाडादर समायोजन गर्ने विषयमा विभागले बुधबार महानगरपालिकासँग छलफल गरेको थियो।

बिहिबार यायायात व्यवसायी, उपभोक्ता कर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको विभागको भनाइ छ।

यायायात व्यवसायीले भाडादर समायोजन गर्नुपर्ने माग राख्दै आएका थिए।

यस अघि व्यवसायीले भाडा वृद्धि माग गर्दै गर्दा दशैंअघि सरकारले सार्वजनिक सवारीको भाडा १० प्रतिशत बढाएको थियो।

उक्त भाडामा थप १२ प्रतिशत वृद्धि गर्ने निर्णय सरकारले गरेको हो। योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटर सम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने भएको छ। यसअघि १४ रुपैयाँ थियो।

२०६९ पछि विभागले पहिलो पटक वैज्ञानिक भाडादर भनेको छ।

बढेको भाडादर असार १ बाट लागू हुनेछ।

ट्याक्सी भाडा पनि बढ्यो
सरकारले ट्याक्सी भाडा पनि बढाएको छ।

यातायात व्यवस्था विभागले आसर १ गतेदेखि लागू हुने गरी ट्याक्सी भाडा वृद्धि गरेको हो।

ट्याक्सी भाडा फ्ल्याक डाउन प्रणाली लागू गर्ने भएको छ। यो प्रणाली भनेको चढ्ने बित्तिकै न्यूनतम भाडा उठ्ने प्रणाली हो।

यो नियम लागै भएसँग अब ट्याक्सीमा यात्र गर्ने उपभोक्ताले पहिलो एक किलो मिटरसम्म ५० रुपैयाँ तिुनु पर्नेछ।

यसको अर्थ पहिलो ट्याक्सी चढने बित्तिकै ट्याक्सी चालकले मिटर अन गर्दा ५० रुपैयाँ देखाउने छ।

यो ५० रुपैयाँ एक किलो मिटरसम्म यात्रा गर्न पाउने छन्।

तर, त्यसपछि प्रति २ सय मिटरमा ८ रुपैयाँ ८० पैसा थप हुँदै जाने छ।

यस अघि ट्याक्सी चढन साथ १४ रुपैयाँ र त्यसपछि प्रति  २ सय मिटरमा ७ रुपैयाँ ८० पैसा थप हुन्थ्यो।

यसको अर्थ प्रति दुई सय मिटर एक रुपैयाँ ८० पैसा बढेको हो।

यसको अर्थ अब पहिलो एक किलोमिटर बाहेक प्रतिकिलोमिटर ट्याक्सी यात्रामा ४४ रुपैयाँ थप तिर्नु पर्ने हुन्छ।

यस अघि प्रतिकिलोमिटर ३९ रुपैयाँ थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org