विषादी परीक्षण प्रकरण: सचिवलाई विश्वास गर्दा कमजोरी भएको स्वीकारे मन्त्री यादवले
काठमाडाैँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले भारतबाट आयात गरिने तरकारीमा विषादी जाँच गर्ने विषयमा सचिवलाई विश्वास गर्दा आफू समस्यामा परेको बताएका छन्।
मन्त्री यादवले सोमबार अपरान्ह पत्रकार सम्मेलन गरी सचिवहरुको भरपर्दा आफू सो निर्णयका कारण आफु समस्यामा परेको बताए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र आफ्नै मन्त्रालयका ३ जना सचिवहरुले गलत सुझाव दिएका कारण आफू सो निर्णयमा डुबेको मन्त्री यादवको दावी छ ।
गुमराहमा राखे। सबै कुरा आफैं गर्नपर्थ्यो। उनीहरुलाई विस्वास गर्नु नै मेरो गल्ती भयो,’ मन्त्री यादवले भने।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, कृषि तथा पशुपन्छी मन्त्रालय र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले विषादी चेकजाँच गरेर मात्र वस्तु भित्र्याउने भनेर लामो समय छलफल गरे पनि पूर्वाधार उपलब्ध नरहेको बारे आफूलाई कसैले जानकारी नगराएको उनको भनाई थियो। ‘यस विषयमा ती निकायले लामै छलफल गरे। तर हामीसँग प्रयोगशाला छैन भनेर कसैले भनेनन्,’ यादवले भने।
सरकारले असार २ गते भएको सूचित आदेशअनुसार भन्सार नाकामा तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय गरेको भएपनि पर्याप्त पूर्वाधार नरहेको कारण देखाउँदै गत बिहीबारदेखि चेकजाँच नगरी आयात गर्न दिएको छ। सरकारले सुरु गरिसकेको विषादी परीक्षणको काम भारतको दबाबमा रोकिएको भन्ने विषयप्रति पनि मन्त्री यादवले असन्तुष्टि जनाएका छन्।
मन्त्रीले सचिवलाई देखाएर कमजोरी स्वीकार गर्दैगर्दा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय कि सचिव याम कुमारी खतिवडाले भने उक्त विषय मन्त्रालयका अर्का सचिव चन्द्र कुमार घिमिरेले हेरेको भन्दै आयातित वस्तुमा विषादी चेकजाँच गर्ने विषयमा आफूलाई जानकारी नै नभएको बताईन्। तर घिमिरे भने पत्रकार सम्मेलनमा उपस्थित थिएनन्।
यसरी मन्त्री र सचिवले अर्को सचिवलाई वास्तविकताको दोषारोपण गर्ने खोजेपनि नैतिक जिम्मेवारी भने आफूहरु लिन तयार रहेको उनीहरुको भनाई छ।
मन्त्री यादवले विषादी चेकजाँज नगर्ने भनेर सरकारले कुनै निर्णय नगरेको पनि दाबी गरेका छन्। ‘विषादी चेकजाँच नगर्ने भनेर कुनै निर्णय नै भएको छैन। हामीले तत्काल हामीसँग पूर्वाधार नभएर सम्भव भएन मात्रै भनेका हौं,’ मन्त्री यादवले भने।
आइतबार राष्ट्रिय सभा बैठकमा बोल्दै कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणि खनालले आफूलाई मन्त्रिपरिषद् निर्णयबाटै विषादी परीक्षण गर्ने र नगर्ने दुवैखालका आदेश आएको र आफूले त्यसको पालना गरेको धारणा राखेका थिए।
‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पहिला चेकजाँच गरिनुपर्छ भन्ने प्रस्ताव मन्त्रिपरिषद् लग्यो। फेरी केही दिनमै गर्न हुँदैन भनेर प्रस्ताव लग्यो। परीक्षणको काम कृषि मन्त्रालयसँग जोडिएको हुनाले परीक्षण गर्नुपर्छ भन्दा हामीले गर्यौं। रोक्नुपर्छ भन्दा रोक्यौं,’ कृषि मन्त्री खनालको भनाई थियो।
तर, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री यादवले भने विषादी परीक्षण रोक्न कृषि मन्त्रालयबाटै पत्राचार भएको दाबी गर्छन्। सोही पत्र बमोजिम आफूले मन्त्रिपरिषदमा उक्त विषय लगेको उनले बताए।
‘विषादी चेकजाँचको काम कृषि मन्त्रालय अन्तर्गतका निकायले गर्छन्, हामीले त परीक्षण गर्नुपर्छ भन्ने निर्णय मात्रै गरेका हौं। कृषि नै हामीलाई २ वटा पत्र पठाएर आवश्यक उपकरण नरहेको कारण देखाउँदै तत्काल विषादी चेकजाँच गर्न नसकिने जानकारी गरायो। त्यही कुरा मैले मन्त्रिपरिषद्मा लगेको हुँ,’ यादवले भने।
Comments
अरु समाचार
-
नोबेल पुरस्कार विजेताको समुपस्थितिमा त्रिविको दीक्षान्त समाराेह
काठमाडाैं । नोबेल पुरस्कार विजेता जापानी प्राध्यापक ताकाआकी काजिताको प्रमुख आतिथ्यतामा त्रिभुवन विश्वविद्यालयको ५१औँ दीक्षान्त समारोह हुने भएको छ ।...
-
आज नेकपाले भृकुटीमण्डपमा एकता शन्देससभा गर्दै !
काठमाडौं । विभिन्न राजनीतिक दल तथा समुहहरु मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले आज भृकुटीमण्डपमा एकता शन्देससभा गर्दैछ । गत कार्तिक...
-
तोकिएकै समयमा चुनाव बनाउन प्रतिबद्ध छाैंः प्रधानमन्त्री कार्की (भिडियोसहित)
काठमाडाैं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा विशेष सम्बोधन गर्दै तोकिएकै समयमा निर्वाचन सम्पन्न गराउने बताएकी छन् ।...
-
राष्ट्र बैंकले एक अर्ब २० करोड बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले कर्मचारी सुरक्षण कोषमा रहेको रु एक अर्ब २० करोड बराबरको रकम बैंक तथा वित्तीय संस्थामा...
-
निर्वाचन ७५ दिन बाँकी : देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम
काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर कूल १० हजार ९६७ मतदानस्थल रहने...
-
‘फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम’
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारको १०० दिनको अवधिमा फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको बताएकी छन्...
-
२६ सय १५ बिन्दुमा सेयर बजार, सातामा १९ अर्ब ३७ करोड रुपैयाँको कारोबार
काठमाडौं । यो साता नेप्से परिसुचक २६ सय १५ दशमलव तीन बिन्दुमा कायम भएको छ । यसैगरी क बर्गका कम्पनीहरुको...
-
उच्च अदालत पाटनमा युवतीले गरिन् आत्महत्या प्रयास !
काठमाडौं । उच्च अदालत पाटन, ललितपुरमा एक युवतीले आत्महत्या प्रयास गरेकी छिन् । करिब ३० वर्षीया युवतीले बिहीबार आत्महत्याको प्रयास...
-
निर्वाचन केन्द्रित सुरक्षा चुस्त पार्दै नेपाल प्रहरी
काठमाडाैं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना,...












