नेपाली शान्ति सेना रहेकै ठाँउमा इरानले गर्यो मिसाइल हमला
काठमाडाैं । अमेरिकासँग तनाव बढिरहेका बेला इरानले बुधबार बिहान इराकको इर्बेलस्थित अमेरिकी एयरबेसमा मिसाइल आक्रमण गरेको छ। उक्त एयरबेसमा नेपाली शान्ति सेना खटिएका छन्।
इराकस्थित दुई अमेरिकन एयरबेसमा २२ वटा मिसाइल प्रहार गरेको इरानले नेपाली खटिएको सिटी अफ इर्बेलस्थित एयरबेसमा पाँचवटा मिसाइल प्रहार गरेको थियो। त्यस्तै असद एयरबेसमा १७ मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। यो खबर आजको नागरिक दैनिकमा वसन्त खड्काले लेखेका छन्।
मिसाइल आक्रमणबाट भएको क्षतिको विवरण सार्वजनिक नभए पनि त्यहाँ रहेका नेपाली शान्ति सैनिक भने सुरक्षित रहेको नेपाली सेनाले जनाएको छ।
‘नेपाली शान्ति सेना खटिएकै एयरबेसमा इरानले मिसाइल आक्रमण गरेको छ तर नेपाली शान्ति सैनिक सुरक्षित छन्,’ नेपाली सेनाका प्रवक्ता प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले भने।
Comments
अरु समाचार
-
जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव बरामद
काठमाडौं । जनकपुरधाममा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेको छ । उपमहानगरपालिका–१६ कपिलेश्वरमा गए राति करिब ९ बजे आसपासमा...
-
माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ घाइते
काठमाडौं । कास्कीको पोखरामा माइक्रोबस र जिप ठोक्किँदा ८ जना चिनियाँ नागरिक घाइते भएका छन् । पोखराको शहीदचोकबाट मुस्ताङचोक तर्फ...
-
एन्फा उपाध्यक्ष दावा लामा पक्राउ
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामा पक्राउ परेका छन् । लामालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको...
-
बारामा ट्यांकरको ठक्करबाट प्रहरी जवानको मृत्यु
काठमाडौं। बाराको जितपुर सिमरा उपमहानगरपालिकामा तेल ट्यांकरले मोटरसाइकलमा ठक्कर दिँदा एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला...
-
जातीय भेदभाव गरेको आरोपमा हल्दिबारीका पूर्वउपाध्यक्ष गिरी पक्राउ
काठमाडौं । जातीय आधारमा विभेद र अपमान गरेको आरोपमा हल्दिबारी गाउँपालिकाका पूर्वउपाध्यक्ष डम्बर गिरी पक्राउ परेका जिल्ला प्रहरी कार्यालयले जनाएको...
-
सिरहामा हतियारधारी समूहले लुट्यो रु १५ लाख
काठमाडौं । सिराहामा आज दिउँसो हरियारधानी एक समूहले ‘मनि ट्रान्सफर’को रकम लुटपाट गरेको छ । सदरमुकामबाट विष्णुपुर गाउँपालिकामा रहेको एक...
-
बसको ठक्करबाट ड्युटीमा रहेका ट्राफिक प्रहरीको मृत्यु
काठमाडौं । बसको ठक्करबाट ड्युटीमा रहेका एकजना ट्राफिक प्रहरी जवानको शुक्रबार राती मृत्यु भएको छ। जितपुर सिमरा उपमहानगरपालिकाको अमलेखगञ्ज चोकमा...
-
बैतडीमा ट्र्याक्टर दुर्घटना, दुई जनाको मृत्यु
काठमाडौं । जिल्लाको झौलेकमा शुक्रबार बिहान ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । बैतडीको सुर्नयाबाट खोड्पे जाँदै...
-
गायक रवि ओडविरुद्ध पत्नीले हालिन् बलात्कारको जाहेरी, पक्राउ पुर्जी जारी
काठमाडाैँ । गायक रवि ओडविरुद्ध उनकी श्रीमतीले वैवाहिक बलात्कारको आरोपमा प्रहरीमा जाहेरी दिएकी छन्। उनले इलाका प्रहरी कार्यालय झलारीमा जाहेरी...