ताजा समाचार

एन आई सी एशियाको दोस्रो त्रैमासिक वित्तीय नतिजा उत्साहजनक

काठमाडाैं । एन आई सी एसिया बैंकले चालु आर्थिक वर्ष २०७६/७७ को दोश्रो त्रैमासको अपरिष्कृत वित्तीय विवारण सार्वजनिक गरेको छ ।

बैंकले सार्वजनिक गरेको दोस्रो त्रैमाससम्मको वित्तीय विवरणका अनुसार वार्षिक विन्दुगत आधारमा ३६ प्रतिशत (रु. ७७ करोड) ले वृद्धि गरी रु. २ अर्ब ९० करोड सञ्चालन मुनाफा आर्जन गरेको छ । भने, खुद मुनाफातर्फ वार्षिक विन्दुगत आधारमा ३३ प्रतिशत (रु. ५० करोड) को वृद्धि सहित रु. २ अर्ब १ करोड खुद मुनाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधीको खुद मुनाफा रु. १ अर्ब ५१ करोड रहेको थियो ।

यस्तै, बैंकले दोस्रो त्रैमाससम्ममा कर्जातर्फ रु. १५ अर्बले वृद्धि गरी रु. १६५ अर्ब र निक्षेप संकलनतर्फ रु. ६ अर्बले वृद्धि गरी रु. १८६ अर्ब पुर्‍याएको छ ।

बैंकले कर्जा लगानीलाई न्यून जोखिमका साना तथा मझौला कर्जा र रिटेल कर्जामा विविधिकरण गर्दै आएको छ । बैंकले कुल कर्जा लगानीको हाल ७२ प्रतिशत कर्जा यस्ता क्षेत्रमा गरेको जनाएको छ । त्यसै, प्राथमिकता क्षेत्रमा नेपाल राष्ट्र बैंकले तोकेको न्यूनतम २५% कर्जा लगानी पूर्ण रुपले पालना गरेको बैंकको दाबी छ ।

निक्षेपतर्फ विविधिरणको रणनीति अनुसार बैंकको कुल निक्षेप अहिले कुल निक्षेपको ९.४% रहेको छ भने, बैंकले यो आर्थिक वर्षको ६ महिनामा ६ अर्बको कल निक्षेप घटाएको जनाएको छ ।

बैंकको वार्षिक विन्दुगत आधारमा प्रतिशेयर आय २१ प्रतिशतले वृद्धि गरी रु. ४१.६१ तथा स्वपूँजीमा प्रतिफल २४ प्रतिशतले वृद्धि गरी २५.१७ प्रतिशत पुर्‍याएको छ । प्रथम त्रैमासमा स्वपूँजी प्रतिफलमा यो बैंक बैंकिङ्ग क्षेत्रमै उत्कृष्ट रहेको थियो ।

बैंकका ३१३ शाखा कार्यालयहरु, ४२६ एटिएम, १०३ वटा एक्सटेन्सन काउण्टर एवं ४५ वटा शाखारहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा दिदै आएको छ ।

मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरेर आम जनतालाई सेवा दिदै आएको बैंकका नायव प्रमुख सुचना अधिकारी अर्जुन राज खनियाले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org