ताजा समाचार

इराकस्थित अमेरिकी राजदूतावास नजिकै क्षेप्यास्त्र आक्रमण

एजेन्सि । इराकको राजधानी बग्दादस्थित अमेरिकी राजदूतावास नजिकै क्षेप्यास्त्र प्रहार गरिएको छ।

दूतावास क्षेत्रमा थुप्रै विस्फोटका आवाज सुनिएको द गार्डियनले उल्लेख गरेको छ।

शनिवार बेलुकी भएको उक्त क्षेप्यास्त्र आक्रमणमा मानवीय क्षति नभएको बताइएको छ।

इराकमा कुटनीतिक नियोगका कार्यालयहरु रहेको ‘ग्रिन जोन’मा रहेको अमेरिकी दूतावासमाथि गएको केही महिना देखि लगातार आक्रमण भइरहेको छ। उक्त आक्रमण इरान समर्थित विद्रोहीहरुले गरेको हुन सक्ने अनुमान गरिएको छ।

अमेरिकी हवाई कारवाहीमा गत महिना इरानका सैन्य जनरल कस्सिम सुलेमानीको मृत्यु भएपछि दुई देशबीचको सम्बन्ध बिग्रिएको थियो। इरानले आफ्नो जनरलको हत्याको विरुद्ध इराकमा रहेको अमेरिकी सैन्य अखडामाथि हवाई आक्रमण गरेको थियो।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org