ताजा समाचार

बहराइनमा एकै दिन ७७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि

काठमाडौं । बहराइनमा एकैदिन थप ७७ नेपाली कोरानाबाट संक्रमित भएका छन्।

बहराइनस्थित नेपाली दूतावासका अनुसार ४ कम्पनीमा कार्यरत गरी ७७ नेपालीमा एकै दिन कोरोना संक्रमण पुष्टि भएको हो।

एउटा सुपरमार्केट र ३ विभिन्न कम्पनीमा कार्यरत नेपालीलाई कोरोना भाइरसको संक्रमण देखिएको बहराइनका लागि नेपाली राजदूत पदम सुन्दासले जानकारी दिए। योसँगै बहराइनमा कोरोना भाइरसबाट संक्रमित हुने नेपालीको संख्या १ सय २६ पुगेको छ। यसअघि बहराइनमा ४९ नेपाली श्रमिकमा कोरोना संक्रमण पुष्टि भइसकेको छ।

दूतावासका अनुसार बहराइनमा झण्डै ३० हजार नेपाली श्रमिक कार्यरत छन्। बहराईनमा हिजो सम्ममा १५ सय ५६ जनामा कोरोना संक्रमण भेटिएको र ८ जनाको मृत्यु भएको र २ जना गम्भीर रहेको जनाएको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org