ताजा समाचार

सांसद अपहरणको उजुरी मानवअधिकार आयोगमा दर्ता

काठमाडौं । सांसद सुरेन्द्र यादव अपहरणको उजुरी राष्ट्रिय मानवअधिकार आयोगमा दर्ता भएको छ ।

बिहीबार राष्ट्रिय मानवअधिकार आयोगमा अपहरणसम्बन्धी निवेदन दर्ता  भएको हो ।

उजुरीमा नेकपाका सांसद महेश बस्नेत, किसान (कृष्णकुमार) श्रेष्ठ, प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल र नवीन बस्नेतमाथि अपहरणमा संलग्न रहेको भन्दै कारबाहीको माग गरेका छन् ।

समाजवादी पार्टीका सांसद यादवलाई महोत्तरीबाट पार्टी फुटाउने प्रयोजनका लागि अपहरण गरेको भन्दै यसअघि महानगरीय प्रहरी परिसर टेकु, जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले जाहेरी लिन इन्कार गरेका थिए । यादव केही कानुन व्यवसायीसहित आफैं उजुरी लिएर मानवअधिकार आयोग पुगेका थिए ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org