उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई प्रधानमन्त्री ओलीको चेतावनी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई नेपालको बारेमा बोल्दा ध्यान पुर्याउन आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले योगीबारे उठेको प्रश्नको जवाफमा भने- ‘उत्तर प्रदेशमा मुख्यमन्त्री आदित्यनाथले नेपालको विरुद्धमा त्यसरी बोल्नुभएको हो भने त्यो जायज हैन । यदि त्यसरी नेपाललाई उहाँले धम्काउन खोज्नुभएको हो भने त्यो उचित हैन ।
अहिले यति भनौं उहाँ केन्द्रीय सरकारको निर्णायक व्यक्ति पनि नभएको, तैपनि उहाँले मुख्यमन्त्रीको हैसियतले त्यस्तो बोल्नुभएको हो भने नबोलिनुपथ्र्यो, त्यो बोल्नुभएको हो भने आलोच्य विषय हो । त्यसरी नेपाललाई धम्की दिनुभएको हो भने त्यो निन्दनीय विषय हो । त्यस्तो कुरालाई हामी नेपालमाथिको अपहेलनाको रुपमा बुझ्छौं । नेपाल हेपिन तयार छैन, नेपाल हेपिन मान्दैन भन्ने कुरा योगीजीलाई स्मरण गराउन चाहन्छु ।’
प्रधानमन्त्री ओलीले सन् १९५० को भारतसँगको सन्धि अपमानपूर्ण भएको र त्यसलाई नेपालले अहिलेसम्म नस्वीकारेको बताए । आफू भारत भ्रमणमा गएको बेला छलफल गरेर उच्चस्तरीय समिति बनाएर त्यसबार अध्ययन गरेको र त्यसको प्रतिवेदन बुझ्न भारतले नमानिरहेको बताए । भारतले प्रतिबेदन बुझ्न नमान्नु र सिफारिसहरुलाई कार्यान्वयन गर्न नखोज्नु सहज कुरा नभएको उनले बताए ।
Comments
अरु समाचार
-
प्रतिनिधिसभाको बैठक २ बजेलाई सर्यो
काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुखको सचिवालयका अनुसार आज बिहान ११ बजेदेखि बस्ने भनिएको...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
‘संसदीय छानबिन समिति गठन हुनुपर्छ’
काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समिति गठन नभएसम्म आफ्नो पार्टीले सदन चल्न नदिने...
-
कांग्रेसले बोलाएको विपक्षी दलहरूको संयुक्त बैठक सुरु
काठमाडौं । नेपाली कांग्रेस र विपक्षी दलहरूको संयुक्त बैठक सुरु भएको छ। कांग्रेस सभापति शेर बहादुर देउवाले आह्वान गरेको बैठक...
-
कांग्रेस संसदीय दलको बैठक बस्दै
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलको बैठक समसामयिक राजनीतिक विषयमा छलफल गर्न अहिले बिहान ९ बजे बस्दैछ...
-
प्रधानमन्त्री दाहालले जेठ ७ गते विश्वासको मत लिने, संसद्लाई पठाए पत्र
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभाबाट पुनः विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री दाहालले यही जेठ ७...
-
प्रतिनिधिसभाको बैठकमा आजपनि अवरोध कायमै रहने
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि विहीबार स्थगित भएको प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज बिहान...
-
अग्रगामी र राष्ट्रिय शक्तिलाई निर्णायक तहमा पुर्याउनुपर्छ:अध्यक्ष ओली
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय हितको सम्वद्र्धन, सुशासन र तीव्र विकासलाई अगाडि बढाउन...
-
सत्तापक्ष संसदीय छानबिन समिति बनाउन तयार, कांग्रेसले गृहमन्त्रीलाई बोल्न दिने
काठमाडौं । सहकारी ठगी प्रकरणले बन्धक बनेको संघीय संसद् निकासोन्मुख देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उठाउँदै आएको संसदीय...