ताजा समाचार

नेपालमा १० हजार २९४ ले जिते कोरोनाबिरुद्धको लडाई

काठमाडौँ — नेपालमा कोरोनाबाट निको हुनेको संख्या १० हजार २९४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ७०५ जना संक्रमित निको भएर घर फर्किएसँगै निको हुनेको संख्या १० हजार नाघेको हो ।

मन्त्रालयका अनुसार सोमबारसम्म पीसीआर विधिबाट हालसम्म २ लाख ८९ हजार ३७१ परीक्षणहरु गरिएका छन् । यस्तै, २४ घण्टामा ५ हजार ८५६ परीक्षण भएका छन् ।

हालसम्म क्‍वारेन्टाइनमा रहनेको संख्या २३ हजार ४७० जना छन् । त्यसैगरी आइसोलेसनमा रहनेको संख्या ६ हजार ६१३ जना रहेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org