१४७ कोरोना संक्रमित थपिए, ७० दशमलव ३९ प्रतिशत डिस्चार्ज
काठमाडौं । नोभेल कोरोना भाइरसका १४७ संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४७ संक्रमित थपिएका हुन् ।
देशभर सक्रिय संक्रमितको संख्या पाँच हजार ३५८ रहेको छ ।
पछिल्लो २४ घण्टामा १५६ जना कोरोना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म देशभरबाट १२ हजार ८४० जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।
हालसम्म देशभरबाट ७० दशमलव ३९ प्रतिशत मानिसहरु अस्पतालबाट डिस्चार्ज भएका छन् ।
हालसम्म कुल कोरोना भाइरस संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा प्रयोगशालाबाट तीन हजार ४८१ जनाको जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म देशभरका २० हजार ९८ जना क्वारेन्टिनमा रहेका छन् ।
देशभर हालसम्म कोरोना भाइरसको संक्रमणबाट ४२ जनाको मृत्यु भइसकेको छ ।
यस साताको पहिलो दिन आइतबार १५७ जनामा कोरोना संक्रमित थपिएका थिए भने ५८ जना डिस्चार्ज भएका थिए । सोमबार १८६ कोरोना संक्रमित थपिएका थिए भने १७३ जना संक्रमितको उपचारपछि अस्पतालबाट डिस्चार्ज भएको प्रवक्ता डा. गौतमले बताएका थिए ।
त्यसैगरी लकडाउनको अन्तिम दिन १५० कोरोना भाइरस संक्रमित थपिएका थिए भने ६०९ जनाको डिस्चार्ज भएका थिए । लकडाउन खुलेको पहिलो दिन देशभ १०० कोरोना भाइरस संक्रमित थपिएका थिए भने २० जना डिस्चार्ज भएका थिए ।
गत महिना असार ६ गते असार ६ हजार ८२८ जनाको नमुना परीक्षण गरिएकोमा ६२९ पोजेटिभ देखिएका थिए । उक्त दर भनेको ९ दशलव २ प्रतिशत हो ।
साउन ८ गते तीन हजार ४८१ जनाको पीसीआर जाँच गरिएको छ भने १४७ पोजेटिभ देखिएको छ । यो भनेको ४ दशमलव २ प्रतिशत हो ।
पाँचसयभन्दा बढी सक्रिय संक्रमितको संख्या रौतहट कैलाली र बाजुरा छन् । छ जिल्लामा संक्रमण शून्य देखिएको छ । जसमा भोजपुर, पाँचथर, रसुवा, संखुवासभा, मनाङ र मुस्ताङ रहेका छन् ।
Comments
अरु समाचार
-
उपल्लो मुस्ताङको पर्यटन विकासमा अर्धनिषेधित क्षेत्रको तगारो, करोडौँ लगानीका होटल सुनसान
म्याग्दी, ४ असोजः मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ मा रहेको न्युतारा होटलका सञ्चालक निमा विष्ट व्यवसाय छाडेर विदेश पलायन हुनुभएको छ ।...
-
केही स्थानमा स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना
काठमाडौँ, ४ असोजः हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर...
-
विदेशी मुद्रा विनिमय दर कति ? युरो र पाउण्डको मूल्य बढ्यो
काठमाडौँ : बिहीबारको तुलनामा आज शुक्रबार अमेरिकी डलरको मूल्यमा गिरावट आएको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्य बढेको छ...
-
राष्ट्रसंघ महासभाको अधिवेशनमा भाग लिन प्रधानमन्त्री न्यूयोर्क जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भइरहेको संयुक्त राष्ट्रसङ्घ महासभाको ७९औँ अधिवेशनमा भाग...
-
फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झर्यो
काठमाडौं । फिफाको पछिल्लो वरीयतामा नेपाल एक स्थान तल झरेको छ । फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १७६औँ...
-
चाडपर्व लक्षित सुपथ मूल्य पसल आजदेखि सञ्चालनमा
काठमाडौं । सरकारले आम उपभोक्तालाई सहुलियत दरमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउने उद्देश्यले आजदेखि चाडपर्व लक्षित सुपथ मूल्य पसल सञ्चालनमा...
-
थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न
बैंकक । थाई-नेप्लिज एशोसिएशन थाइल्याण्ड सेन्टरको सातौं कार्यकालको दोस्रो त्रैमासिक बैठक सम्पन्न भएको छ । बैठक हुवाहिन शाखामा भखरै सम्पन्न...
-
भक्तपुरमा वीर अस्पताल निर्माण गर्ने विषयमा छलफल
काठमाडौं । भक्तपुरको दुवाकोटमा अत्याधुनिक वीर अस्पताल निर्माण प्रक्रिया अघि बढाउन अर्थ र स्वास्थ्य मन्त्रालयका उच्च पदस्थ अधिकारीबीच छलफल भएको...
-
दरबारमार्गमा हुने कन्सर्टमा पाँच हजार सुरक्षाकर्मी परिचालन
काठमाडौं । संविधान दिवसका अवसरमा आज काठमाडौँको दरबारमार्गमा आयोजना हुने ‘नेसनल डे कन्सर्ट’ कार्यक्रममा पाँच हजार बढी सुरक्षाकर्मी परिचालन हुने...