ताजा समाचार

बाबुरामका ५ सुझाव: प्रधानन्यायाधीशलाई महाअभियोग लागाउ, प्रधानमन्त्रीलाई हटाउ

काठमाडौं । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले देश गम्भीर संकटमा जान लागेको बताएका छन्।

शुक्रबार ट्वीट गर्दै भट्टराईले देश गम्भीर संकटमा जाने उल्लेख गर्दै ५ बुँदे सुझाव पनि दिएका छन्।

‘अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ’ भट्टराईले ट्वीट गरेका छन् ‘केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं।’ त्यस्तै भट्टराईले संसद अधिवेशन बोलाउनुपर्ने पनि जोड दिएका छन्। उनले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जानुपर्ने उल्लेख गरेका छन्।

यस्ता छन् बाबुरामका पाँच सुझाव
– संसद अधिवेशन बोलाउँ
– केपी ओलीलाई विदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गरौं
– अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाउँ
– भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठन गरौं
– प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाउँ

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org