ताजा समाचार

सैनिकको कुटाइबाट युवकको मृत्युबारे : सेनाले भन्यो- छानबिन सुरु भइसक्यो

काठमाडौँ । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जमा सैनिकको कुटपिटबाट एक जना स्थानीयको मृत्यु भएको घटनाबारे छानबिन सुरु गरेको बताएको छ ।

शुक्रबार बिहान नेपाली सेनाले विज्ञप्ति जारी गर्दै  समाचारप्रति ध्यानाकर्षण भएको र यस विषयमा आन्तरिक छानबिन सुरु गरिसकेको उल्लेख गरेको हो ।

‘यस विषयमा नेपाली सेनाले आफ्नो आन्तरिक छानबिन सुरु गरिसकेको र अधिकारप्राप्त सरकारी निकायहरुले गरिरहेको विस्तृत छानबिनमा पूर्ण सहयोग गर्ने जानकारी गराउँदछौं । नेपाली सेना नेपाल सरकारको कार्यादेशअनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको छ,’ सेनाको विज्ञप्तिमा भनिएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको सुरक्षाका लागि बसेका सैनिकले नियन्त्रणमा लिई पिटेका एक युवकको बुधबार मृत्यु भएको थियो । पूर्वी चितवनको राप्ती नगरपालिका–२ मिलन टोलका २४ वर्षीय राजकुमार चेपाङको मृत्यु भएको हो । सेनाको कुटपिटबाट मृत्यु भएको भन्दै उनका बुबा विष्णुलाल चेपाङले घटनाको छानबिन गर्न र दोषीलाई सजाय दिन माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org