ताजा समाचार

प्रहरी मुख्यालय नक्साल ३५ जना प्रहरीमा कोरोना पुष्टि

काठमाडाैँ ।  प्रहरी प्रधान कार्यालयमा ३५ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा थप १२ जना प्रहरीमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै पछिल्ला चार दिनमा मात्रै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

गत आइतबार प्रहरी प्रधान कार्यालयमा सवारी र सञ्चार शाखामा कार्यरत ४ जना प्रहरीमा संक्रमण देखिएपछि अन्य प्रहरीको पनि स्वाब परीक्षण गर्दा थप प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसयता लगातार प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर करिब २ जना प्रहरीमा कोरोना संक्रमण देखिसकेको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org