श्रीलंकाली समकक्षी राजापाक्षेलाई फोन गरेर दिए ओलीले बधाई
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाली समकक्षी महिन्दा राजापाक्षेलाई फोन गरेर बधाई दिएका छन्।
बुधबार भएको श्रीलंकाको संसदीय निर्वाचनमा झन्डै दुई तिहाइ मत पाएकोमा प्रधानमन्त्री ओलीले शुक्रबार दिउँसो राजापाक्षेलाई फोन गरी बधाई दिएका हुन्।
‘प्रधानमन्त्री ओलीले आफ्नो, नेपाल सरकार, नेपाली जनता र नेकपाको तर्फबाट भारी बहुमतसहितको जितका लागि बधाई दिनुभयो,’ परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै भनेको छ,‘उहाँको सफल कार्यकालको शुभकामना पनि दिनुभयो।’
टेलिफोन कुराकानीका बीचमा दुई प्रधानमन्त्रीले दुई देशबीचको सुमधुर सम्बन्धप्रति खुसी व्यक्त गर्दै आगामी दिनमा सम्बन्ध थप उचाइमा पुर्याउने कुरा दोहोर्याएका थिए।
‘दुई नेताबीच कोरोनाभाइरसविरूद्धको लडाइँका अनुभव पनि साटासाट भयो,’ परराष्ट्रको विज्ञप्तिमा भनिएको छ,‘उहाँहरूले अवस्था सामान्य भएपछि उच्चस्तरीय भ्रमणलाई निरन्तरता दिने इच्छा व्यक्त गर्नुभयो।’
श्रीलंकाली प्रधानमन्त्री राजापाक्षेले कुराकानीका क्रममा प्रधानमन्त्री ओलीले नेपाल भ्रमणको निम्तो दिएकोमा धन्यवाद व्यक्त गरेका छन्।
कुराकानीपछि ट्वीट गर्दै उनले भनेका छन्- तपाईंको फोन, शुभकामना र नेपाल भ्रमणको निम्तोका लागि धन्यवाद। श्रीलंका तपाईंको देशसँगको मित्रवत् सम्बन्धलाई सधैँ महत्वपूर्ण ठान्दछ र परेको बेला नेपाली जनताको पक्षमा उभिएको छ। हाम्रो सहयोगलाई अझै मजबुद् बनाउन म आतुर छु।
टापु राष्ट्र श्रीलंकामा बुधबार भएको आमनिर्वाचनमा सत्तारूढ दलले झन्डै दुई तिहाइ मत पाएको छ।
त्यहाँको निर्वाचन आयोगले शुक्रबार प्रकाशित गरेको अन्तिम मतपरिणाममा राष्ट्रपति गोटवाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेको श्रीलंका पिपुल्स पार्टी एक्लैले २२५ मध्ये १४५ सिट जितेको छ भने उनीहरूको गठबन्धनमा रहेका दलले थप पाँच सिट जितेका छन्।
कोरोनाभाइरसको महामारीबीच आम निर्वाचन गर्ने श्रीलंका पहिलो दक्षिण एसियाली मुलुक हो। बुधबारको मतदानमा ७१ प्रतिशत बढी मतदान भएको जनाइएको छ।
राजापाक्षेको पार्टीले अत्याधिक बहुमतले चुनाव जित्ने देखिएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बिहीबारै समकक्षी महिन्दा राजापाक्षेलाई टेलिफोन गरी बधाई दिएका थिए।
गत नोभेम्बरमा भएको राष्ट्रपतीय निर्वाचनमा महिन्दा राजापाक्षेका भाइ गोटवायाले विजय हात पारेका थिए। राष्ट्रपति बनेपछि गोटवायाले पूर्वराष्ट्रपति रहेका दाजु महिन्दालाई प्रधानमन्त्री बनाएका थिए।
संसदमा दुई तिहाइ ल्याएर संविधान संशोधन गर्ने भन्दै गोटवायाले अवधि सकिनु छ महिनाअघि नै संसदीय चुनाव घोषणा गरेका थिए। कोरोनाभाइरसका कारण चुनाव दुई पटक सरेको थियो।
श्रीलंकाको राजनीतिमा दुई दशकदेखि राजापाक्षे परिवारको एकछत्र जस्तै छ। सन् २००५ देखि २०१५ सम्म महिन्दा राजापाक्षे राष्ट्रपति थिए। पछि पार्टीभित्रैबाट भ्रष्टाचार र नातावादको चर्को विरोधपछि उनी सत्ताबाट बाहिरएका थिए।
राजापाक्षेहरूको पार्टी सिंहाली समुदायमा लोकप्रिय छ। सन् २००९ मा तमिल विद्रोह अन्त्य गर्न मुख्य भूमिका खेलेको जस राजापाक्षे दाजुभाइलाई छ।
Comments
अरु समाचार
-
उपनिर्वाचनको समीक्षा गर्न रास्वपाको सचिवालय बैठक बस्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालयको बैठक आज बस्दैछ। उपनिर्वाचनको समीक्षा गर्न मुख्य पार्टी कार्यालयमा साढे ४ बजे...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुनुहुँदैन : गृहमन्त्री लामिछाने
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले कैदीबन्दीको कैद मिनाहा माफीमा कुनै किसिमको विभेद हुन नहुने बताउनुभएको छ । बाँकेको...
-
मन्त्रिपरिषद्को बैठक बस्दै, बजेट अधिवेशन आह्वानको तयारी
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बस्दैछ। बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा दिउँसो २ बजे बोलाएको छ। आजको बैठकमा सरकारले संघीय संसदको...
-
सबै श्रमिकलाई सरकारले सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउनुपर्छ: शंकर पोखरेल
काठमाडाैं । सत्तारुढ दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सबै श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरामा ल्याउन सरकारसँग आग्रह...
-
श्रमिकको समस्या समाधान गर्न सरकारले सुरु गर्यो ‘श्रमाधान’ सेवा
काठमाडौं । श्रमिकका विभिन्न समस्या, गुनासो र जिज्ञासालाई समाधान र सुधार गर्ने उद्देश्यसहित सरकारले श्रमाधान सेवाको थालनी गरेको छ ।...
-
श्रमिक अधिकार कार्यान्वयन गरी सामाजिक सुरक्षाको प्रत्याभूति जरूरीः पूर्वप्रधानमन्त्री खनाल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानीत नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले संविधानप्रदत्त श्रमिक अधिकारलाई कार्यान्वयन गरी रोजगारीको...
-
विधेयक पारित नगरी अन्त्य भयो कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन
काठमाडौं । कर्णाली प्रदेशसभाको तेस्रो अधिवेशन ११ वटा बैठक बसेर अन्त्य गरिएको छ । बैठकले कुनै पनि विधेयक पारित गर्न...