ताजा समाचार

पछिल्लो २४ घण्टामा थपिए ३३८ जना संक्रमित, १४० डिस्चार्ज

काठमाडौं । नोभेल कोरोना भाइरसका ३३८ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३३८ संक्रमित थपिएका हुन् ।

बुधबार देशभर ३८१ कोरोना भाइरस संक्रमित थपिएका थिए भने १३० जना डिस्चार्ज भएका थिए । बिहीबार देशभर ३६० कोरोना संक्रमित थपिएका थिए भने २३३ जना डिस्चार्ज भएका थिए । त्यसैगरी शुक्रबार ४६४,  शनिबार ३७८ र आइतबार ३८० कोरोना भाइरस संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १४०  जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म १६ हजार ४९३ जना डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ हजार ४३२ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ५२ हजार २३६ रहेको छ ।

हालसम्म देशभरका क्‍वारेन्टिनमा १० हजार ६५९  मानिसहरु रहेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org