ताजा समाचार

भट्टलाई लगानी बोर्डको सीईओको काम गर्न नदिन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

मंगलबार मुख्य न्यायाधीश नकहुल सुवेदीको एकल इजलासले साउन ३२ गतेसम्मका लागि मन्त्रिपरिषदको उक्त निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको पाटन उच्च अदालतका प्रवक्ता शम्भु रेग्मीले जानकारी दिए ।

अदालतले भट्टलाई पनि बोर्डको प्रमुख कार्यकारी अधिकृतको हैसियतमा कामकाज नगर्न आदेश दिएको छ ।

अधिवक्ता जयबहादुर भुजेलले भट्टको नियुक्तिविरुद्ध प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिलगायतलाई विपक्षी बनाई रिट दायर गरेका थिए । अदालतले साउन ३२ गते पक्ष र विपक्ष दुबै पक्षलाई छलफलमा बोलाएको छ ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org