ताजा समाचार

थपिए कोरोनाका ५ सय ९४ संक्रमित, संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुग्यो

काठमाडाै । शुक्रबार देशभर कोरोनाका ५ सय ९४ जना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका छन्। यीसहित हालसम्म संक्रमितको संख्या २५ हजार ५ सय ५१ पुगेको छ।

त्यस्तै विगत २४ घण्टामा २ सय ४० जना कोरोनाबाट निको भइ घर फर्किका छन्। यीसहित हालसम्म १७ हजार ७७ जना कोरोनाबाट निको भइ घर फर्किका छन्।

देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ९ सय १३ छ। विगत २४ घण्टामा ११ हजार ५ सय ७५ जनाको पिसिआर परीक्षण भएको छ।

त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या ९९ पुगेको छ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org