निधीले देउवालाई भनेः सभापतिमा म उठ्छु, तपाईं अभिभावक भएर बस्नुस्
काठमाडाै । महाधिवेशनको तयारी सँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसमा नेतृत्व हत्याउन दौडधुप सुरु भएको छ।
वर्तमान सभापति शेरबहादुर देउवाका अतिरिक्त कांग्रेसमा कम्तिमा आधा दर्जन नेताहरूले सभापति पदमै उम्मेदवारी दिने घोषणा गरेका छन्।
वर्तमान उपसभापति विमलेन्द्र निधीले बिहीबार देउवासँग भेटेर आफु सभापतिको उम्मेदवार बन्ने भन्दै सहयोग गर्न आग्रह गरे।
‘तपाईं अब अभिभावक भएर बस्नुस्, म सभापतिमा उठ्छु, सहयोग गर्नुस्’, बिहीबारको भेटमा देउवालाई निधीको भनाइ उधृत गर्दै उनी निकट एक नेताले भने, ‘देउवा र रामचन्द्र पौडेलले अब उम्मेदवारी नदिएर त्यसपछिको पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्ने हिसावले निधी अगाडि सर्नु भएको हो।’
अब हुने १४औं महाधिवेशनपछि पनि सभापति हुने सम्पूर्ण तयारीमा रहेका देउवाले भने निधीलाई ‘एक पटक आफुलाई सभापतिमा सहयोग गर्न’ आग्रह गरेका थिए।
‘१५ औं महाधिवेशनसम्म त म पनि ७० वर्ष पुग्छु, त्यसैले यसै पटक मलाई छोडिदिनुस्, फेरि पनि तपाई आफैं उठ्ने कुरामा पुनर्विचार गर्नुस्’, निधीको भनाइ उधृत गर्दै ती नेताले थपे।
शेरबहादुर देउवा, रामचन्द्र पौडेल, विमलेन्द्र निधी, डा. शेखर कोइराला, शशांक कोइराला, गगन थापा, कृष्ण सिटौला, प्रकाशमान सिंह लगायतका नेताहरूले कांग्रेसको सभापति पदमा उम्मेदवारी दिने बताइरहेका छन्।
महाधिवेशन नजिकिँदै जाँदा विभिन्न समूहहरू मर्ज भएर पहिलेजस्तै दुई वा तीन समूह बन्ने अपेक्षा अहिले पनि गरिएको छ। त्यस क्रममा सभापतिका दाबेदारहरू घट्दै जानेछन् र अन्तमा दुई वा तीन उम्मेदवार हुने सम्भावना बढी छ।
पार्टीमा उपसभापति वा महामन्त्रीको सिट सुरक्षित गर्ने रणनीति अन्तर्गत अहिले आफुलाई सभापतिकै उम्मेदवारका रुपमा प्रस्तुत गरेर वार्गेनिङ गर्ने क्रम पनि सुरु भएको छ।
‘अहिले सभापतिमै उठ्छु भन्ने कति नेताहरूको दाउ उपसभापति वा महामन्त्री बन्ने हो, त्यसका लागि उनीहरू सभापतिबाट वार्गेनिङ सुरु गर्दैछन्’, कांग्रेसका एक जना युवा नेता भन्छन्।
Comments
अरु समाचार
-
नेपाल–भूटानबीच जनस्तर र व्यापारिकस्तर सम्बन्ध विकासबारे दुई प्रधानमन्त्रीबीच छलफल
न्युयोर्क (अमेरिका), ७ असोज : नेपाल र भूटानबीच जनस्तर र व्यापारिकस्तरमा सम्बन्ध विकासका लागि दुई प्रधानमन्त्रीबीच छलफल भएको छ ।...
-
प्रधानमन्त्री ओली र कुवेतका राजकुमार एवं प्रधानमन्त्री सबाहबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोजः संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री...
-
प्रधानमन्त्री ओली र भारतका प्रधानमन्त्रीबीच न्युयोर्कमा भेटवार्ता
न्युयोर्क (अमेरिका), ७ असोज : संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका...
-
अर्थमन्त्री पौडेल र आइएमएफ उपनिर्देशकबीच शिष्टाचार भेट
काठमाडौं। उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्तर्राष्ट्रिय मुद्रा कोष (आएएमएफ)को एसिया प्रशान्त क्षेत्र उपनिर्देशक रुपा दत्त गुप्ताबीच शिष्टाचार भेट...
-
प्रधानमन्त्री ओली र मोदीबीच आज भेट वार्ता हुँदै
काठमाडौं । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन संयुक्त राज्य अमेरिकामा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आज विभिन्न राष्ट्रका...
-
प्रधानमन्त्री ओली र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा ओली र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसबिच भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी...
-
प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि उजुरी आह्वान
काठमाडौं । संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधान न्यायाधीश र दुई राजदूतमाथि सुनुवाइका लागि उजुरी आह्वान गरेको छ । समितिको आज...
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज चारवटा संसदीय समितिको बैठक बस्दैछ। जस अनुसार बिहान ११ बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक...
-
संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री ओली न्यूयोर्क प्रस्थान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राज्य अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । शुक्रबार बिहान प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा...