ताजा समाचार

बालुवाटारमा महिनादिन पछी जुटे नेकपा सचिवालयका नेता

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक शुरू भएको छ।

बालुवाटारमा बैठक केही बेरअघिबाट शुरू भएको प्रधानमन्त्रीका सल्लाहकार तथा नेकपा प्रचार विभाग उपप्रमुख सूर्य थापाले जानकारी दिए।

आजको सचिवालय बैठकमा यसअघि गठित ६ सदस्यीय कार्यदललाई अनुमोदन गर्दै कार्यादेश दिने प्रमुख अजेण्डा रहेको बताइएको छ। कार्यदल गठनलाई लिएर सचिवालयकै केही सदस्यहरूले असन्तुष्टि व्यक्त गरेको अवस्थामा सचिवालय बैठक बोलाइएको हो।

ओली-दाहालबीच पार्टीको आन्तरिक समस्या समाधान गर्न सुझाव पेस गर्ने गरी शुक्रबार कार्यदल गठन भएको छ।

पार्टी महासचिव विष्णु पौडेल संयोजक रहेको कार्यदलमा शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, भीम रावल र सुरेन्द्र पाण्डे सदस्य  छन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org