ताजा समाचार

मेरो राजनीतिक र सामाजिक जीवनमाथी योजनाबद्ध षडयन्त्र भयोः मणि थापा

काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य मणिचन्द्र थापाले अन्यायमा परेको भन्दै न्याय पाउन पार्टीमा निवेदन दर्ता गराएका छन् ।

आफू र आफ्ना परिवारविरुद्ध षडयन्त्रपूर्ण ढंगले कुप्रचार गरिएको भन्दै नेता थापाले सत्यतथ्य छानविन गरिदिन पार्टीका दुबै अधयक्षद्वयलाई आग्रह गरेका हुन् ।

नेता थापाले पार्टी महासचिव विष्णु पाैडेललाई भेटेर आफ्नाविरुद्ध भइरहेका प्रचारबारे अध्यक्षद्वयलाई संबोधन गरेर निवेदन बुझाएका हुन् ।

‘केहि दिन यता केहि पत्रपत्रिका, अनलाइनहरु र सामाजिक सञ्जालमा म र मेरो परिवारको बारेमा योजनावद्ध रुपमाम बदनाम गर्ने प्रयत्न भइरहेका छन् । मैले शक्तिको दुरुपयोग गरि श्रीमतिलाई जागीर खुवाएको, कोटेश्वरमा तीनतले घर बनाइरहेको छ भन्ने आरोप लगाइएको छ ।’ थापाले निवेदनमा उल्लेख गरेका छन् ।

यो विषयले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा नकारात्मक असर परेको भन्दै नेता थापाले सत्य तथ्य पत्ता लगाइ आफू र आफ्नो परिवारलाई न्याय दिलाउन माग गरेका छन् ।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org