ताजा समाचार

‘मन्त्रिमण्डल पुनर्गगठन र मुख्यमन्त्री हेरफेर पार्टीको एजेन्डामा छैन’

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठनबारे आज बसेको सचिवालय बैठकमा कुनै कुरा नभएको बताएका छन्।

बालुवाटारमा भएको नेकपा सचिवालय बैठकपछि पत्रकारहरुसँग बोल्दै प्रवक्ता श्रेष्ठले मन्त्रिमण्डल पुनर्गठन र प्रदेशका मुख्यमन्त्री हेरफेरको विषय पार्टीको कार्यसूचीमै नभएको बताएका हुन्।  ‘तपाईंहरूले भन्‍नुभएको कुरा मलाई त थाहा छैन’, प्रवक्ता श्रेष्ठले भने, ‘कार्यदलको रिपोर्ट आएपछि मात्रै अन्य विषयमा छलफल हुन्छ।

पहिला वैचारिक र नीतिगत सहमति गरेर त्यस अन्तर्गतका विषयमा निष्कर्ष निकाल्छौँ। हाम्रो पार्टीमा मन्त्रिमण्डल पुनर्गठन र मुख्यमन्त्री फेरबदलका विषय अहिले छलफलमा छैनन्।’ प्रवक्ता श्रेष्ठले कार्यदलले छिटोभन्दा छिटो सकारात्मक निष्कर्ष निकाल्ने पनि जानकारी दिएका छन्।

‘प्रधानमन्त्रीले भन्‍नुभएजस्तै समयमै पहलकदमी भएको छ, काम अगाडि बढेको छ’, उनले भने, ‘त्यसप्रति सन्तोष मान्‍नुपर्ने हुन्छ। केही दिनभित्रै निकास निस्किनेमा हामी विश्‍वस्त छौं।’ पार्टीभित्रको विवाद मिलाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठन तयारी गरिरहेका छन्। उनले असन्तुष्ट वरिष्ठ नेता माधव नेपाल समूहका केही नेतालाई मन्त्री बनाउन पनि छलफल गर्दैछन्।

Comments

अरु समाचार

© NewsNepal 2018 - All Right Reserved.
newsnepal.com 2017.hlon.org