प्रेस काउन्सिल कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठद्वारा राजीनामा, नयाँ कार्यवाहकमा बुढाथोकी
काठमाडौँ । प्रेस काउन्सिल नेपालका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
श्रेष्ठले काउन्सिलको स्वायत्तताको रक्षा र निरन्तरताको निम्ति आज प्रेस काउन्सिल बोर्ड बैठकसमक्ष राजीनामापत्र बुझाएका हुन् ।
३ वर्षअघि तत्कालिन अध्यक्ष भवानीप्रसाद बरालका विरुद्ध सर्वोच्च अदालतमा रिट परेपछि रिक्त पदमा बोर्ड बैठकले श्रेष्ठलाई कार्यवाहक अध्यक्ष तोकेको थियो । २०६२/०६३ को आन्दोलनपश्चात प्रेस काउन्सिलको सदस्यका रूपमा नियुक्त श्रेष्ठलाई सरकारले पटक पटक सदस्यमा नियुक्त गरेको थियो ।
काउन्सिलको एक कार्यकाल ४ वर्षको हुने व्यवस्था छ । कार्यवाहक अध्यक्ष पदबाट राजीनामा दिएपनि श्रेष्ठ काउन्सिल सदस्यको पदमा भने यथावत् रहने छन् । श्रेष्ठको पदावधि यही असोज १२ गते सकिँदैछ । सदस्य र कार्यवाहक अध्यक्षका रूपमा भूमिका निर्वाह गरेको अवधि कठिनपूर्ण रहेको श्रेष्ठले राजीनामा पत्रमा उल्लेख गरेका छन् ।
‘तीन वर्षदेखि पदीय हिसाबले कार्यकारी भूमिका निर्वाह गरेको अवधि तपाईं–हाम्रा निम्ति कठिन थियो’ राजीनामापत्रमा भनिएको छ, ‘प्रेस काउन्सिल मात्र होइन, समग्र पत्रकारिता जगत्को स्वतन्त्रताको जगेर्ना र हित प्रवद्र्धनमा सुरुदेखि नै सङ्घर्ष गर्दै आउनुपरेको क्षण अत्यन्तै रोमाञ्चक र चुनौतीपूर्ण रह्यो ।’
कार्यवाहक अध्यक्ष श्रेष्ठले पदमा रहँदा सरकार र साथीसँगै स्वायत्तताको निम्ति लडाइँ लड्नुपरेको बताएका छन् । ‘बीचका केही वर्ष आफ्नै साथी, सहकर्मी र नेपाल सरकारसँग संस्थाको स्वायत्तताको निम्ति कठोर लडाइँ लड्नुपरेको सर्वविदितै छ,’ राजीनामापत्रमा भनिएको छ । उनले संस्थामा रहँदा निर्वाह गरेको भूमिकाप्रति कुनै पश्चाताप नरहेको भन्दै यसबीचमा काउन्सिलको प्रभाव विस्तार देशको पूर्वको ताप्लेजुङदेखि पश्चिमको दाचुर्लासम्म पुगेको र विश्वका अनेक महादेशसम्म सम्पर्क सम्बन्ध विस्तार गर्न सफलता मिलेको बताए ।
काउन्सिलको कार्यवाहक अध्यक्षमा बुढाथोकी
प्रेस काउन्सिल नेपालको कार्यवाहक अध्यक्षमा गोपाल बुढाथोकी चयन भएका छन् । आज कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पदबाट राजीनामा दिएपछि बोर्ड बैठकले प्रेस काउन्सिल ऐन, २०४८ बैठक सञ्चालनसम्बन्धी, २०७१, सर्वोच्च अदालतको आदेश र विगतका नजीरसमेतको आधारमा बुढाथोकीलाई अध्यक्ष चयन गरेको हो । साँघु साप्ताहिकका सम्पादक बुढाथोकीलाई सरकारले २०७५ साल साउनमा सदस्यमा नियुक्त गरेको थियो । बुढाथोकीले आजै पदभार ग्रहण गरेका छन् ।
Comments
अरु समाचार
-
चीनले चन्द्रमाको टाढाबाट नमूना संकलन गर्न अनुसन्धान सुरु गर्यो
वेनचाङ ।चीनले चन्द्रमाको टाढाबाट नमूना सङ्कलन गर्नका लागि अनुसन्धान सुरु गरेको छ । यो अनुसन्धान विश्वमा पहिलो पटक हो ।...
-
सरकारले गर्यो ६ सचिवको सरुवा: शिक्षामा काफ्ले, पर्यटनमा पाण्डे
काठमाडौं । काठमाडौं । सरकारले ६ सचिवको सरुवा गरेको छ । बिहीबारको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको सञ्चार तथा सूचना...
-
प्रधानमन्त्रीले गरे पत्रकार महासङ्घको २७औँ अधिवेशन उद्घाटन
काठमाडाैँ । नेपाल महासङ्घको २७औँ अधिवेशन सुरु भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अधिवेशनको उद्घाटन गरेका छन् । अधिवेशनमा...
-
प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण हुँदैनः मन्त्री शर्मा
काठामाडाैँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताबिना लोकतन्त्र पूर्ण नहुने बताएकी छन् । विश्व प्रेस...
-
जिम्मेवार र जवाफदेही संचारक्षेत्र आजको आवश्यकताः महासचिव पोखरेल
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शंकर पोखरेलले अन्तराष्ट्रिय प्रेस स्वतन्त्रता दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।...
-
आज विश्व प्रेस स्वतन्त्रता दिवस मनाइँदै, पत्रकार महासंघद्वारा काठमाडौंमा प्रभातफेरी
काठमाडौं । आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेसः वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको...
-
एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन आजदेखि
रुपन्देही । नेकपा एमाले पश्चिम नवलपरासीको ९ औं अधिवेशन शुक्रबार आजदेखि सुरु हुँदैछ । शुक्रबार र शनिबार हुने अधिवेशन उद्घाटनका...
-
आईपीएल: शीर्ष स्थानको राजस्थानमाथि हैदरावादको १ रनको सनसनीपूर्ण जित
काठमाडौं। इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा शीर्ष स्थानको राजस्थान रोयर्ल्समाथि सनराइजर्स हैदरावादले १ रनको सनसनीपूर्ण जित निकालेको...
-
सामाजिक सञ्जालमा सर्वाधिक रुचाइएका भेलुबाजेको निधन
बुटवल । सामाजिक सञ्जाल टिकटकमा सर्वाधिक रुचाइएका प्यूठानका मिन बहादुर बुढामगर (भेलुबाजे)को निधन भएको छ। बिहीबार उपचारका क्रममा जिल्ला अस्पताल...