कक्षा १२ को परीक्षा दसैंलगत्तै लिनेबारे मन्त्रालयमा छलफल
काठमाडाैँ । कक्षा १२ को परीक्षा दसैंलगत्तै गर्ने गरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा छलफल भएको छ।
शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा छ।
‘दसैं र तिहारको बीचमा कक्षा १२ को परीक्षा गर्नेबारे छलफल अन्तिम चरणमा पुगेको छ। तर अहिलेसम्म निर्णय भइसकेको छैन,’ नेविसंघले बुधबार गरेको भर्चुअल संवादमा प्रवक्ता शर्माले भने।
विद्यार्थीले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन सक्ने गरी व्यवस्था मिलाउन खोजिएको उनले बताए।
‘विद्यार्थी डेरा खोजेर परीक्षा केन्द्रसम्म पुगेर परीक्षा दिने अवस्था छैन। जहाँ पढेको हो त्यही स्कुलबाट परीक्षा दिने व्यवस्थापन गर्न लागिएको हो,’ उनले भने, ‘आफू पढेको विद्यालयबाट परीक्षा दिन सक्ने अवस्था कुनै विद्यार्थीको भएन भने जहाँ छ त्यहाँको नजिकको विद्यालयबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ।’
परीक्षा सञ्चालन गर्दा स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्डअनुसार गरिने र सामाजिक दूरी कायम राखिने पनि उनले बताए।
गत वैशाखमा हुने कक्षा १२ को परीक्षा कोरोना भाइरस महामारीले स्थगित भएको थियो।
यस्तै कक्षा ११ को सन्दर्भमा भने विद्यार्थीलाई अनुकूल हुने समयमा परीक्षा गर्न विद्यालयले सक्ने उनले बताए।
कक्षा १२ पढ्न कक्षा ११ पास हुनु नपर्ने भएकोले कक्षा १२ को परीक्षा फारम भर्नु अघिसम्म कक्षा ११ का विद्यार्थीको परीक्षा विद्यालयले लिन सक्ने उनको भनाइ छ।
सरकारले विद्यालय, विश्वविद्यालयलगायतमा रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति दिइसकेको उनको भनाइ छ।
Comments
अरु समाचार
-
एसइईमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई बागमती प्रदेश सरकारद्वारा पुरस्कार प्रदान
काठमाडौं । संविधान दिवसको अवसरमा गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई नगदसहित पुरस्कृत गरिएको छ...
-
मध्यपश्चिम विश्वविद्यालयको ६ वर्षपछि हुन लागेको स्ववियु निर्वाचन स्थगित
काठमाडौं । मध्यपश्चिम विश्वविद्यालय सुर्खेतमा ६ वर्षपछि हुन लागेको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन स्थगित भएको छ । उच्च...
-
विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न प्रधानमन्त्रीको आग्रह
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वस्तरको प्रतिस्पर्धाका लागि सक्षम जनशक्ति तयार गर्न राजर्षिजनक विश्वविद्यालयलाई आग्रह गरेका छन्। प्रधानमन्त्री निवास,...
-
प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना व्यक्त
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा शुभकामना दिएका छन् । ५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवशरमा...
-
५८ औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस: डेढ दशकमा पनि सरकारले राखेको साक्षरताको लक्ष्य अधुरै
काठमाडौं । सरकारले दुई वर्षभित्रमा मुलुकबाट निरक्षरता उन्मूलन गर्ने गरी सञ्चालन गरेको राष्ट्रिय साक्षरता अभियान १६ वर्ष बित्दा पनि पूरा...
-
बीएन्डसीलाई एमबीबीएस पढाउन औपचारिक स्वीकृति
काठमाडौं । बीएन्डसी मेडिकल कलेज टिचिङ एन्ड रिसर्च प्रालिले लामो पर्खाइपछि चिकित्सा शिक्षा आयोगबाट चिकित्साशास्त्रको स्नातक तह (एमबीबीएस) मा ५०...
-
जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा
काठमाडौं । जुम्लाको हिमा गाउँपालिकालाई साक्षर घोषणा गरिएको छ । जिल्लाका आठ स्थानीय तहमध्ये साक्षर घोषणामा हिमा पहिलो स्थानीय तह...
-
सङ्खुवासभाको खाँदबारीमा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय राख्ने मन्त्रीपरिषदको निर्णय
काठमाडौं । सरकारले सङ्खुवासभाको खाँदबारी नगरपालिकामा योगमाया आयुर्वेद विश्वविद्यालयको केन्द्रीय कार्यालय रहने स्थान तोक्ने निर्णय गरेको छ । २०८१ भदौ...
-
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा फारम भरेर १२ फेल भएकाको रकम फिर्ता हुने
काठमाडौं । आगामी शैक्षिक शत्रका लागि चिकित्सा शिक्षा आयोगले लिने स्नातक तहको एकीकृत प्रवेश परीक्षाका लागि फारम भरिसकेपछि १२ कक्षा...